देउवा र प्रचण्डबीच टेलिफोनमा बधाई साटासाट
काठमाडौं : संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्डले बधाई साटासाट गरेका छन् ।
प्रचण्डले कांग्रेस सभापति देउवालाई टेलिफोन गरेको देउवानिक स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेस र नेकपा प्रचण्ड नेपाल समूह विरोधमा सडक आन्दोलनमा उत्रिएका थिए ।
स्रोतका अनुसार दुई नेताबीच बधाई साटासाट मात्र भएको र सत्ता सहकार्यका बारेमा कुनै कुराकानी नभएको जनाइएको छ।
बुधबार बिहान शीर्ष नेतासहितको कांग्रेस पदाधिकारी बैठक बस्ने तयारी छ । पदाधिकारी बैठकपछि केन्द्रीय समिति बैठक बस्ने र पार्टीको आगामी रणनीतिबारे निर्णय गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !