हुलास स्टिलले सुरु गर्यो नयाँ कर्कटपाता गल्भाअलुम उत्पादन

हुलास स्टिलले सुरु गर्यो नयाँ कर्कटपाता गल्भाअलुम उत्पादन

काठमाडौं : हुलास स्टिल इन्डष्ट्रिज लिमिटेडले नयाँ प्रकृतिको छाना छाउने कर्कटपाता गल्भाअलुम उत्पादनको सुरुवात गरेको छ। 

नेपालमै पहिलो पटक मुलुकको प्रतिष्ठित व्यवसायिक घराना दिवाकर गोल्छा कर्पोरेशनले नयाँ कर्कटपाता उत्पादन सुरु गरेको हो। 

गोल्छा कर्पोरेशनले बजारमा गल्भाअलुम र ड्युराकल ब्राण्डमा बिक्रीवितरण गर्ने जनाएको छ। 

कम्पनीका अनुसार गल्भाअलुम कर्कटपाता उत्पादन गर्दा कोल्डरोल्ड सिटमा ५५ प्रतिशत आल्मुनियम, ४३ प्रतिशत जिंक र १ दशमलव ५ प्रतिशत सिलिकन कोटिंग गरिएको छ। साधारण ग्याल्भनाइज्ड कर्कटपाताको तुलनामा गल्भाअलुम कर्कटपाता जंक प्रतिरोधि क्षमता तीन गुण बढी भएकोले टिकाउने हुने दाबी गरिएको छ। 

यो कर्कटपाटा रंगिन कर्कटपाता हुलास कलरको ब्राण्डमा उपलब्ध हुनेछ। नेपालमा पहिलो पटक अष्ट्रेलियन प्रविधिको कोटिंग प्रयोग गरेर ल्याइएको हुनाले यो कर्कटपाताको टिकाउपना पनि तीन गुण बढी हुने दाबी उद्योगको छ। 

हुलास गल्भाअलुम र हुलास ड्युराकलर कर्कटपाता नेपाली बजारमा कम्पनीकै डिलर, डिपो र शाखा कार्यालयमा पाइने छ।

सन् १९८१ मा स्थापना भएको हुलास कम्पनीले नेपालमा पहिलो पटक जापानी प्रविधिमा गुणस्तरीय कर्कटपाता उत्पादन प्रारम्भ गरेको हो।  सन् १९८९ मा नेपालमा पहिलो पटक रंगीन कर्कटपाताको उत्पादन प्रारम्भ गरेर चार दशकदेखि नेपाली बजारमा बिक्रिवितरण गर्दै आइरहेको छ। 

हुलास स्टिलले कालो पाइप, जिआईपाइप, इलेक्ट्रिक पोल, सट्टर र डेकिंग प्रोफाइल्स समेतउत्पादन गरेर नेपाली बजारमा बिक्री वितरण गर्ने गरेको छ।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.