स्पष्टीकरणको जवाफमा ओलीलाई नेपालका प्रश्नैप्रश्न : यस्तो छ १३ बुँदे पत्र (पूर्णपाठ)

स्पष्टीकरणको जवाफमा ओलीलाई नेपालका प्रश्नैप्रश्न : यस्तो छ १३ बुँदे पत्र (पूर्णपाठ)

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई १३ बुँदे स्पष्टीकरण पठाएका छन् । पार्टी हित विपरित काम गरेको भन्दै अध्यक्ष ओलीले चैत ७ गते वरिष्ठ नेता नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय  गरेका थिए ।  नेता नेपालको निवासमा चैत ८ गते स्पष्टीकरण सोधिएको पत्र छोडिएको थियो । सोही पत्रका आधारमा नेता नेपालले बिहीबार १३ बुँदे स्पष्टीकरण लेखेका हुन् । 

‘तपाईले गुटगत गतिविधि गरी नेकपा (एमाले) को झण्डा, चुनाव चिह्न र संगठनको दुरुपयोग गरेको कुरा सार्वजनिक सञ्चार माध्यमबाट जानकारी भएकोले त्यस्तो पार्टी विधान विपरीत गरिएको बैठकका अवैध निर्णयको आधारमा नेकपा (एमाले) बारे कुनै पनि सूचना अद्यावधिक नगरियोस् भनी म समेतले निर्वाचन आयोगमा मिति २०७७।१२।१ मा निवेदन समेत गरेको तपाईलाई जानकारी छ कि छ्रैन ?’, स्पष्टीकरणमा ओलीलाई प्रश्न गर्दै नेपालले भनेका छन्, ‘तपाईले उक्त प्रकारका कार्य गरी नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनद्वारा पारित विधानका प्रावधानहरुको ठाडो उल्लंघन किन गर्नुभयो ?’ नेता नेपालले विधानलाई उल्लंघन गरेका बुँदासमेत उल्लेख गरेका छन् । 

नेता नेपालको स्पष्टीकरणमा जवाफ भन्दा प्रश्न बढी छन् । उनले अध्यक्ष ओलीले नै पार्टी विधान, राष्ट्रियहित र स्वाभिमानमा आघात पुर्याएको आरोप लगाएका छन् । ओलीका गतिविधिले देशको संविधान र प्रतिष्ठा एवम् मर्यादामा आँच पुगेको भन्दै नेपालले ओली स्वयम् अनुशासनबाट च्युत भएको बताएका छन् । नेपालले एमाले पार्टी पंक्तिलाई नै अध्यक्ष ओलीले स्पष्टीकरण दिनुपर्ने उनको भनाइ छ । नेपालले ओलीमाथि पार्टी विधानको अनुसार कारवाही गर्नुपर्ने आवश्यक देखिएको बताएका छन् । उनले स्पष्टीकरण पत्र नै अवैध र अमान्य रहेको उल्लेख गरेका छन्। 

‘तपाईले नै व्यक्तिगत स्वार्थ, दम्भ र पद लोलुपताको शिकार भई पार्टी विधान विपरीत कार्य गरेको, पार्टी निर्णय अनेक पटक उल्लंघन गरेको, राष्ट्रिय हित, अस्मिता र स्वाभिमानमा आघात पुर्‍याएको, जनताको, विशेषतः श्रमजीवी जनताका, हितमा कुठाराघात गरेको, गुटबन्दी गर्दै पार्टी विरुद्ध षडयन्त्र गरेको, पार्टीको सिद्धान्त, नीति र कार्यक्रमप्रति विश्वास र निष्ठा कायम नराखेको, पार्टीको मात्र होइन देशको संविधान र देशकै प्रतिष्ठा र मर्यादामा आँच पुर्‍याएको, सिद्धान्त, नीति र अनुशासनबाट च्युत भएको, पार्टी र देशको गोपनीयता भंग गरेको, गराएको, विपक्षीसंग अनेकौं पटक साँठगाँठ गर्दै पार्टीलाई कमजोर तुल्याएकोले नेपाली जनता र नेकपा (एमाले) पार्टी पंक्तिलाई ती समेत धेरै विषयमा स्पष्टिकरण दिनुपर्ने प्रष्ट छ’, नेता नेपालले लेखेका छन्, ‘तपाईले गर्नुभएका उक्त गतिविधिहरु नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय सातका विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुनेभई कार्वाई गरिनुपर्ने प्रकृतिका रहेको देखिन्छ । यसबारे नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा छलफल हुनु आवश्यक छ ।  यसको विपरीत अवैधानिक किसिमले गठन गरिएको कुनै महाधिवेशन आयोजक कमिटीको कुनै पदाधिकारीले मलाई कुनैपनि प्रकारको पत्राचार गर्ने कार्य नै अवैध भई अमान्य  छ ।’  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.