देशलाई भड्खालोमा पुग्नबाट जोगाऔं : माधवकुमार नेपाल

देशलाई भड्खालोमा पुग्नबाट जोगाऔं : माधवकुमार नेपाल

काठमाडौं : एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशलाई भड्खालोमा पुग्नबाट समयमै जोगाउन लोकतान्त्रिक र परिवर्तनकारी शक्ति एक हुनुपर्ने बताएका छन्। 

सरकार र पार्टीको पदको दुरुपयोग गरेर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पटकपटक गलत निर्णय गर्दाको स्थितिले राम्रो परिणाम नदिएको भन्दै यस्तो बताएका छन्। 

नेता नेपालले गल्तीलाई स्वीकार गर्दै पार्टीलाई एकतावद्ध बनाएर राष्ट्रको गरिमा उचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितका लागि सबै सकारात्मक सोच हुने एक हुनुपर्ने उनको भनाइ छ। नेता नेपालले गलत निर्णयको खबरदारी गर्दै आएको र गरिरहने भन्दै यस्तो बताएका हुन्। 

‘हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं। एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा  संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न  सम्पूर्ण  वामपंथी ,लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं’, नेता नेपालले भने, ‘मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं।’ 
 
नेता नेपालले सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै एमालेलाई तहसनहस गरेर गलत बाटो अगाल्दाको परिणाम सिंगो देश र पार्टीसँगै जनताले भोगेको बताएका छन्। 

‘संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो १ जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी 'नेकपा' बनेको थियो।तर, संसद्, सरकार र पार्टी ९नेकपा० साथै नेकपा (एमाले)लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन्’, नेता नेपालले फेसबुकमा लेखेका छन्, ‘सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा  पुर्याउँदैन र राम्रो परिणाम दिँदैन।’ 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.