भारी छुट सहित घरमै पठाओ फुड
काठमाडौँ: निषेधाज्ञाको समयमा पनि रेस्टुरेन्टमा गएर खाना खाने अवस्था नहुँदा पठाओले आफ्नो सेवा 'पठाओ फुड' सँगै 'डेलिभरिङ ह्याप्पीनेस एट योर डोरस्टेप' नाराका साथ विभिन्न अफरको घोषणा गरेको छ।
विभिन्न रेस्टुरेन्टको फुड मेनुमा ३० प्रतिशतसम्म छुट र डेलिभरीमा भारी छुट लगायत अफर उपलब्ध छन् । फुड अर्डर गरेको बढीमा ४५ मिनेट भित्र डेलिभरी हुने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए । उनी भन्छन् "छोटो समयमा तात्तातै फुड डेलिभरी गर्नु पठाओ फुडको विषेशता हो।"
लामो समयको निषेधाज्ञाले गर्दा होटल तथा रेस्टुरेन्टको परिकारका स्वादबाट बन्चित खानाका पारखीहरुले अब अफरको सदुपयोग गरी आफ्नो रोजाइको रेस्टुरेन्टबाट आफ्नो रुचिको परिकार घर तथा अफिसमै भारी छुटका साथ डेलिभरी मगाउन सक्न्नेछन् ।
पठाओको 'फुड डेलिभरी' सेवाग्राही मैत्री भएको बस्न्यात बताउँछन्। उनी भन्छन् "फुडम्यानको लाइभ ट्रयाकिङ गर्न सकिने र एकै पटक तीन फरक रेस्टुरेन्टबाट अर्डर गर्न सकिने भएकाले सेवाग्राहीलाई सहज हुन्छ। साथै हामी स्वास्थ्य सुरक्षाका सावधानीमा पनि सजग छौँ ।"
नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट ९ट्याक्सी० सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो।
हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले 'पठाओ बजार' पनि सुरु गरेको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरि जेठ ३० गतेदेखि सुरु गरिएको पठाओ बजार परीक्षणका क्रममा छ।
प्रतिक्रिया दिनुहोस !