एमाले एकतामा सहमति जुटेको कार्यदल सदस्यको दाबी

एमाले एकतामा सहमति जुटेको कार्यदल सदस्यको दाबी

काठमाडौं : सत्तारुढ नेकपा (एमाले) एकता कार्यदल सदस्यले पार्टी एकताको लागि सहमति भएको दाबी गरेका छन्। 

शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सात घण्टासम्म बसेको संयुक्त कार्यदल बैठकले सहमति गरेको कार्यदल सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए। 

ज्ञवालीले पार्टी एकताका लागि सहमति भएको र केही भाषिक परिमार्जनका लागि शनिबार पुनः बैठक बस्ने जानकारी दिए। 

‘कार्यदलको आजको बैठक सौहार्द र सघन छलफलमा बिताएका छौँ’, ज्ञवालीले भने, ‘बैठक पार्टी एकता सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौँ। थप छलफलका लागि हामी भोलि फेरि बैठक बस्दैछ।’ 

समस्यालार्य सहमतिको बिन्दुमा ल्याएको उनको दाबी छ। ‘यतिचाहिँ शेयर गर्न सक्छु सहमतिको विन्दुमा पुगेका छौं, नेता कार्यकर्तामा पार्टीको भविष्य के होला भन्ने थियो, त्यसलाई दुर गर्ने गरी सहमतिका साथ आजको छलफल सकिएको छ’, ज्ञवालीले भने। 

सहमति भएको र सहमतिका लागि भएका बुँदाबारे जान्न अझै १८ घण्टा पर्खिन ज्ञवालीले अनुरोध गरेका छन्। 

शुक्रबारको छलफल सकारात्मक भएको कार्यदल सदस्य रघुजी पन्तले जानकारी दिए। 

एकताको मस्यौदामाथि छलफल भइरहेको र प्राप्त सुझावलाई समेटेर पूर्णता दिने काम भएको उनको भनाइ छ।  ‘एकताको मस्यौदामा छलफल भयो। छलफल सकारात्मक भएको छ’, बैठकपछि पन्तले भने, ‘सबै साथीका सुझावलाई समेटेका छौँ।’ 

समस्यामाथि कार्यदल सदस्यले राखेको धारणा, भावना र विचारलाई राखेर पूर्णता दिने उनले बताए। उनले नेताहरुको धारणाकै आधारमा मस्यौदालाई फाइनल रुप दिने सुनाए। 

‘केही बुदाँमा सहमति बनाउने प्रयास गरेका छौँ। साथीहरुका धारणा, भावना र विचार राखेर पूर्णता दिने प्रयास भइराखेको छ’, उनले थपे ।

नेता पन्तले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले गठन गरेको कार्यदल उनीहरुप्रति उत्तरदायी भएको बताए। कार्यदलले तयार पारेको प्रतिवेदन कार्यान्वयनमा शीर्ष नेताको सहमति आवश्य भएको उनले प्रष्ट पारे।  

‘कार्यदल दुई नेताले गठन गर्नुभएको हो। उहाँहरुले गठन गरेको कार्यदल उहाँहरुप्रति उत्तरदायी छ’, उनले भने, ‘हामीले तयार पारेको धारणा, सुझाव वा प्रतिवेदन कार्यान्वयन गर्न उहाँहरुको सहमति आवश्यक छ।’

एकता कार्यदलले ससग्र पार्टीलाई स्वीकार्य हुने प्रतिवेदन तयार पार्ने उनले सुनाए। पन्तले फाइनल खाका शीर्ष नेताले हेरेपछि मात्र सहमतिका बुँदा सार्वजनिक हुने प्रष्ट पारे।  

‘बच्च जन्मिन १० महिना लाग्छ। फाइनल गरेर नेताले ठिक छ भनेपछि बुँदाबुँदा भन्न मिल्छ’, सहमतिको बुँदामा के छ भन्ने पत्रकारको प्रश्नको जवाफमा पन्तले भने।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.