बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो निभाउने प्रयास : पानी खसाउँदै सिम्रिक एयर

बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो निभाउने प्रयास : पानी खसाउँदै सिम्रिक एयर

काठमाडौं : बालाजु औद्योगिक क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा नआएपछि सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरी निभाउने प्रयास गरिएको छ। नेबिको बिस्कुट उद्योगमा लागेको आगो नियन्त्रणमा लिन स्थलगत रुपमा गरिएको प्रयास प्रभावकारी नभएपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर निभाउने प्रयास भएको हो।

पछिल्लो समय आगलागी नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग बढ्दै गएको छ। यसअघिसमेत सिम्रिक एयरले देशका विभिन्न ठाउँमा लागेको आगो हेलिकप्टरको सहायतामा निभाएको थियो। आगो निभाउन हेलिकोप्टरले रानीपोखरी र माछापोखरीबाट पानी लगेको बताइएको छ।

बालाजु प्रहरीका अनुसार गएरातिदेखि औद्योगिक क्षेत्रको बिस्कुट उद्योगमा आगलागी भएको हो। प्रहरीका अनुसार पानी ट्यांकर, दमकलसहित नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले पनि आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

रातिदेखि लागेको आगो बारुणयन्त्रले पनि निभाउन नसकेपछि अहिले हेलिकप्टरको प्रयोग गरिएको हो। आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.