बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा (फोटो फिचर)

बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा (फोटो फिचर)

काठमाडौं : बालाजु औद्योगिक क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा आएको छ। गएरातिदेखि औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट उद्योगमा आगलागी भएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको थियो। 

नेपाली सेनाको बालाजुस्थित श्री नं१ बाहिनी अड्डाका सहायक बाहिनीपतिको कमाण्डमा १२८ जना जनशक्ति २ वटा दमकलसहित आगलागी नियन्त्रणको लागि परिचालन गरिएको थियो। सेनाका अनुसार आगलागी फैलिन नदिन नेपाली सेनाको उद्धार टोलीद्वारा एउटा ट्रस घर भत्काएको छ।

नेपाली सेनाको दमकलसहित ८ वटा दमकल र सिम्रिक एयरको हेलिकप्टरसमेत प्रयोग गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत स्थानीयवासीहरुको संयुक्त प्रयासमा आगलागी पुर्ण रुपमा नियन्त्रणमा लिइएको हो। आगलागीबाट नेबिको बिस्कुट कारखानाको ४ वटा ब्लकमा क्षति पुगेको छ भने अन्य क्षतिको विवरण आउन बाँकी रहेको सेनाले जनाएको छ।

गएराति देखि लागेको आगो नियन्त्रणमा नआएपछि सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरी निभाउने प्रयास भएको हो। आगो नियन्त्रणमा लिन स्थलगत रुपमा गरिएको प्रयास प्रभावकारी नभएपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेको थियो।

पछिल्लो समय आगलागी नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग बढ्दै गएको छ। यसअघिसमेत सिम्रिक एयरले देशका विभिन्न ठाउँमा लागेको आगो हेलिकप्टरको सहायतामा निभाएको थियो। आगो निभाउन हेलिकोप्टरले रानीपोखरी र माछापोखरीबाट पानी लगेको बताइएको छ। आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।  

सबै तस्बिर : दीपेन श्रेष्ठ


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.