क्यान्सरको औषधिमा लेखिँदै छ– ‘मेड इन नेपाल’

क्यान्सरको औषधिमा लेखिँदै छ– ‘मेड इन नेपाल’

काठमाडौं : औषधि उद्योगका क्षेत्रमा ५० वर्षीय शैलेश वैद्य उदीयमान व्यवसायी हुन्। उनको कर्मप्रति वरिष्ठ औषधि व्यवसायी नतमस्तक देखिन्छन्। उनलाई प्रेरणाका पात्रका रूपमा लिन्छन्। 

वैद्य काठमाडौंको जमलस्थित कमलाक्षीमा जन्मे। उनको युवावस्था निकै संघर्षशील रह्यो। उनले युवा उमेरमा अनेक सास्ती भोगे। जति दुःख भोगे पनि उनले सपना देख्न भने छोडेनन्। उनको एउटा सपना छ। त्यो हो, ‘क्यान्सर रोगविरुद्ध स्वदेशमै औषधि उत्पादन।’ जुन सपनाले अब मूर्त रूप लिने भएको छ। टिजिङ फर्मा प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक वैद्य २ महिनाभित्र स्वदेशमै क्यान्सरविरुद्धको औषधि उत्पादन गर्ने तयारीमा छन्। ‘कम्तीमा चारवटा क्यान्सरविरुद्ध औषधिको बाहिरी आवरणमा ‘मेड इन नेपाल’ लेखिने छ, उनले भने, ‘विदेशमा उत्पादित क्यान्सरविरुद्धका महंगा औषधि सेवन गरिरहेका बिरामीलाई  अब स्वदेशमै ‘गुणस्तरीय र शुलभ मूल्यमा औषधि उपलब्ध हुनेछ।’ 

क्यान्सरविरुद्धको औषधि उत्पादन गर्ने उनको उद्योग  नेपालकै पहिलो हो। ४० वर्षअघि  भारतबाट ‘एन्टि क्यान्सर’ औषधि पहिलो पटक वैधानिक रूपमा दर्ता गरी उनकै बुवाले आयात गरेका थिए। बुवाको पथ पच्छ्याइरहेका कान्छो छोरा शैलेश नेपालमा क्यान्सर उत्पादन गर्ने पहिलो उद्योग खोलेका छन्।  

अभावको घाउमा मल्हम 
शरीरको रौं र नङबाहेक अन्य जुनसुकै अंगमा पनि क्यान्सर हुन सक्छ। नेपालमा पुरुषलाई फोक्सो र महिलालाई स्तन क्यान्सरले बढी सताएको छ। यसको औषधि स्वदेशमा उत्पादन नहुने भएकाले भारत र तेस्रो मुलुकबाट आएको औषधि निकै महंगो पर्छ। 

बाँच्ने आसमा औषधि खरिदका लागि हजारौंले घरबार बेचेका छन्। त्यहीं औषधि  बेलाबखत अभाव हुन्छ। खोजेको बेला पाइँदैन। यो अवस्थाको उनी भुक्तभोगी हुन्। आफन्तहरू माझ पनि कोही स्तन क्यान्सर, पित्तथैली एवं कलेजोको क्यान्सर छ। साथीभाइको घरमा पुग्दा अभिभावक क्यान्सरबाट थलिएको देख्दा उनी भक्कानिएका छन्। ‘क्यान्सरविरुद्धको औषधि खरिद गर्न सडकमा धेरै पटक हिँडेको छु। पैसा दिँदा पनि औषधि पाउन सकिन। दुःखी हुँदै फर्केको छु ।’ उनले स्मरण गरे। 

उनले क्यान्सरविरुद्धको औषधिको जग हाल्दै गर्दा कतिपय आफन्तहरू क्यान्सरसँग जुध्दै थिए। अभिभावकलाई क्यान्सरले बनाएको घाउ उनको आँखामा नाचिरहन्छ। उनले भावुक हुँदै भने , ‘एकातिर  औषधिको  उद्योगको जग पनि हाल्दै थिएँ। लकडाउनको अवधिमा आफन्तका लागि  क्यान्सरको औषधि खोज्दै हिँड्नु परेको अवस्था थियो।’ 

भारत, बंगलादेश तथा तेस्रो मुलुकबाट क्यान्सरविरुद्धको औषधि आयात गरिन्छ। यी आयातित औषधिभन्दा  सुलभ मूल्यमा निरन्तर पाइनेछ । ‘व्यापार भन्दा पनि नेपाली जनताको सेवा र राहतका लागि आँट गरेको हुँ। स्वदेशमै उत्पादित औषधि गुणस्तरीयताको साथै केही हदसम्म सस्तो गर्ने प्रयास गर्नेछौं,’ उनले प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले स्वदेशमै क्यान्सरको औषधि उत्पादन हुँदा सस्तो हुने र बिरामीको पहुँच पुग्ने बताउँछन्। 

स्वदेशमै सान
‘क्यान्सरलगायत नसर्ने रोगको निदान र उपचारका लागि दक्ष चिकित्सक र आधुनिक उपकरणसहित विशिष्टीकृत अस्पतालको स्थापना,’ भनि सरकारले आर्थिक वर्ष २०७७/७८को वार्षिक बजेटमा उल्लेख गरेको छ। सरकारको नीतिलाई टेवा दिने उद्देश्यले उनको योजना औषधि उत्पादनमा केन्द्रित छ।  

औषधिको उत्पादन क्षमता वृद्धि र उत्पादित औषधि बजार विस्तार गर्ने र स्वदेशसँगै विदेशमा पनि ‘मेड इन नेपाल’ लेखिएको औषधिको पहुँच बढाउने उनको योजना छ।  उनले काभ्रे, बनेपा—१, नालामा १६ रोपनी क्षेत्रफलमा उद्योग स्थापना गरेका छन्। त्यसका लागि झण्डै ३५ करोड  लगानी भइसकेको छ। 

उक्त उद्योग अत्याधुनिक प्रविधियुक्त बनाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को जीएमपी स्टान्डर्ड र औषधि उत्पादन संहिता २०७३ अनुरूप बनाइएको यो नेपालकै नमूना उद्योग हो । उनले भने, ‘क्यान्सर रोगको औषधिले गर्दा हुने टक्सीसिटीका कारण यो उद्योग रहेको ठाँउमा अन्य औषधि उत्पादन गर्न मिल्दैन। त्यसैले नवीनतम र अत्याधुनिक प्रविधि जडान भएका छन्।’ लकडाउनकै अवधिमा भारतको हैदरावादमा रहेको एन्टि क्यान्सर औषधिको उत्पादन र बिक्री गर्दै आएको कम्पनीसँग प्रविधि हस्तारन्तरण सम्झौता गरे। औषधि व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि अनुज्ञापत्र लिए। जसमध्ये ५ वटा स्थानीय र १० वटा निर्यातका लागि हो। थप मोलिक्युलको अनुमति लिने योजनामा उनी देखिन्छन्। ‘सरकार उद्योगमैत्री हुनुपर्छ।  उद्यमीहरूलाई सहजीकरण गर्नुपर्छ। औषधि उद्योग सेवा मुलुक भएकोले अझ बढी प्रोत्साहन गर्नुपर्छ। सरकारको नीतिमा  अहिलेको महाव्याधिमा औषधि उत्पादनलाई प्राथमिकतामा पार्नुपर्छ,’ उनले भने। 

स्वदेशमै केही गर्ने  ‘आँट’ कसरी आयो ? उनको विगत हेरौं। उनले स्वदेशी एवं विदेशी लगानीका उद्योगमा दशकौं काम गरे। ७ वर्ष बैंकिङ क्षेत्रमा रुमल्लिए। अन्तर्राष्ट्रिय कम्पनी एवं अस्पतालमा कन्सल्ट्यान्टका रूपमा काम गरी बहुआयामिक अनुभव हासिल गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.