१० किशोरीले दुई हप्तामै बनाए ५ फिल्म

१० किशोरीले दुई हप्तामै बनाए ५ फिल्म

काठमाडौँ: १० जना किशोरीले दुई हप्तामै फिल्म तयार गरेका छन् । किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको ‘गर्ल्स गेट इक्वेल’अभियान अन्तर्गत फिल्म मेकिङ कार्यशालामा भाग लिएका १० किशोरीले दुई हप्तामा नै फिल्म बनाएका हुन् ।

एक महिना सिकेकै भरमा उनीहरुले फिल्म बनाएका हुन् । शुक्रबार नेपाल चलचित्र विकास बोर्डको हलमा उनीहरूले बनाएका ५ फिल्म प्रदर्शन गरेका थिए ।

‘वुमन मेक फिल्मस्’शीर्षकमा गरिएको यो तालिमलाई अस्कर इन्टरनेसनल कलेज र विकास बोर्डले पनि सहयोग गरेका थिए ।

नेपाली फिल्महरूमा महिलाको चरित्र चित्रण अस्वभाविक र यथास्थितिवादी रहेको टिप्पणी हुने गरेको आयोजक किपालयले बताएका छन् । महिला सम्बन्धी थुप्रै ‘स्टेरियोटाइप’चिर्न र फिल्मनिर्माणमा महिलाको संख्या बढाउने उद्देश्यले कार्यशाला गरेको आयोजक किपालयको भनाइ छ ।

किपालयकी प्रोजेक्ट हेड आश्मा पोखरेलले कार्यशालाका लागि देशभरबाट आवेदनमा गरेकी थिइन् । कार्यशालाका प्रोजेक्टको अर्डिनेटर नवविजय श्रेष्ठले सैद्धान्तिक र प्रायोगिक दुवै विधिको प्रयोग गरी किशोरीलाई फिल्म मेकिङमा दीक्षित गर्ने प्रयास गरेका थिए ।

एक महिना लामो तालिम आफैँमा प्रगतिशील दृष्टिकोण भएको जहाँ १८ देखि २४ वर्षसम्मका किशोरीले नेपाली समाजको बनावटमाथि रचनात्मक प्रश्न गर्ने शिल्प सिकेको श्रेष्ठले बताए । यी पाँच चलचित्रको प्रदर्शनले महिला चलचित्रकर्मीलाई आफ्नो क्षमता देखाउन राम्रो मञ्ंच प्रदान गर्नुका साथै आत्मविश्वासी बनाएको उनले भने ।

कार्यशालामा आश्रुती त्रिपाठी, प्राधान्या योञ्जन, एन्जला चौधरी, पुष्पा जोशी, पूर्णिमा महर्जन, अम्बिका भण्डारी, अस्मितालावती, श्रीषा कुँवर, मीरा खड्का र ज्योति बेलबासे सहभागी थिए । कार्यशालामा १० किशोरीले प्राविधिक ज्ञान मात्र नभएर, महिलासँग जोडिएका सामाजिक तथा घरेलु मुद्दालाई कसरी पर्दामा उतार्ने भन्नेबारे पनि ज्ञान लिएका थिए । १० जनाले ५ समूहमा विभक्त भई बनाएका फिल्ममा उनीहरूले ५ फरक महिलाको जिन्दगीलाई फिल्मको आकार दिएका थिए  ।

यौनकर्मीको कथामा फिल्म बनाएकी पुष्पा जोशीले कार्यशालाले आफूलाई फिल्म बनाउने कला मात्र नसिकाएर महिलाका मुद्दालाई लेन्सको आँखाले कसरी हेर्न सकिन्छ भन्ने पनि ज्ञान दिएको बताइन् ।

उनीहरूलाई राजन कठेत, रजिला श्रेष्ठ, बबिन दुलाल लगायतले प्रशिक्षण दिएका थिए । किशोरीलाई प्रशिक्षण दिएका राजन कठेतले कार्यशालाले फिल्म बनाउने सीपसँगै किशोरीमा समाजसँग घुलमिल हुने गुणको पनि विकास गराएको धारणा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.