जनमत : एमसीसी भनेको के हो ?

जनमत : एमसीसी भनेको के हो ?

एमसीसी पास नभएकै राम्रो

जनता सिटामोल खान नपाएर मरिरहेका छन् तर सरकार एमसीसीको पैसामा आशा राख्दै आफ्नो भूमि अरू देशलाई सुम्पिन खोज्दैछ। सरकारमा पुगेर नेताले कोशी र महाकाली बेचिसके। बाँकी रहेको देश पनि समर्पण गर्न खोज्दैछन्। एमसीसी पास नभएकै राम्रो। हामी गाउँघरमा बस्ने गरिबदुःखीले पछि अमेरिकन सैनिकको दबाब र पिरालो भोग्न नपरोस्।

एलिसा दुलाल, काभ्रे

०००

नेपालका लागि ठीक होइन
एमसीसी नेपालका लागि खासै ठीक होइन। एमसीसी भनेको अमेरिकाले नेपालको विकासमा हातेमालो गदै अगाडि बढ्न खोजेको विषय हो। तर, दिन लागेको सहयोग नेपालमा विकास नभई भ्रष्टाचार गरेमा नेपालीले ठुलो दुःखको सामना गर्नुपर्ने हुन्छ। आज विदेशीको सहयोग होस् या श्रम सबै सही ठाउँमा सदुपयोग भएको छैन।

सुष्मा पाण्डे, बुटवल
०००

स्वतन्त्रतासहितको अनुदान हो
गरिब राष्ट्रहरूका लागि एउटा आधार बनाएर अमेरिकन सरकारले २२ वटा क्षेत्र किटान गरेर एमसीसी ल्याएको भन्ने बुझेको छु। त्यसमा प्रजातान्त्रिक मुलुक, मानवअधिकार, पे्रस स्वतन्त्रतालगायत विषयका अंकलाई आधार बनाइएको छ। स्वतन्त्रता सहितको अनुदान नै एमसीसी हो।

सुसन तामाङ, काठमाडौं

०००

अमेरिकन सैनिक नेपाल छिर्ने डर छ
एमसीसी नेपालमा ल्याउनुको कारण चाइनासँगको निकटता छुटाउनु हो। नेपाली जनताले काम गर्न नपाउनु र अमेरिकन सैनिक नेपालमा बस्न आउनु हो। एमसीसी समय अवधिभर नेपालको स्रोत र साधनको प्रयोग नहुनु हो। उनीहरूले बनाएका सडकमा नेपाली गाडीचालकले कर तिर्नुपर्ने हुन्छ रे, जुन खुसीको कुरो होइन। अमेरिकन सैनिक नेपाल छिर्नु पनि राम्रो होइन।

सौगात बस्नेत, रामेछाप

००००

बिनासर्तको अनुदान हो

एमसीसी भनेको एउटा अन्तर्राष्ट्रिय सहयोगमध्ये सबैभन्दा ठुलो र बिनासर्त दिइएको अनुदान हो। यसले देशमा रोजगारी सिर्जना गर्नुका साथै भौतिक पूर्वाधारमा लगानी गर्दछ।

तिलक पुलामी मगर, काठमाडौं

एमसीसी ! फूलफर्म हो कि सट फर्म ?
एमसीसी भनेको के हो ? मलाई त केही थाहा छैन। एमसीसी ंभनेको पहिलो पल्ट सुनें। एमसीसी फूलफर्म हो कि सटकट फर्म हो ?
रमेश बुढाथोकी, नेपालगन्ज

०००

अरू देशको हुने अमेरिकी सहयोग किन नहुने ?
एमसीसीबारे अध्ययन गरेको छैन। तर पनि नेपालको विद्युत् र सडकमा लगानी गरे ठीक हुनसक्छ। यदि कुनै विदेशी सहयोग लिने हो भने एमसीसी पनि लिनु ठिक हुन्छ।
रविन नेपाली, काठमाडौं

०००
सञ्जालमा फैलाएको हल्लाजस्तो होइन
अहिले एमसीसीबारे जसरी सामाजिक सञ्जालमा हल्ला र अफवाह फैलिएको छ त्यो सत्य होइन। अमेरिकी सैनिकले प्रक्रिया मिचेर देशलाई नियन्त्रणमा लिने भन्ने कुरा पनि सही होइनन् भन्ने बुझेको छु। मैले बुझेअनुसार हालसम्मकै ठुलो सबैभन्दा ठुलो र फिर्ता गर्नु नपर्ने रकम हो यो।

अमृत उप्रेती, काठमाडौं

०००

खै के ? खै के ? नेता नै जानून्
एमएसीसीबारे समाचारहरूमा सुनेकी हुँ। धेरै ज्ञान छैन। राम्ररी बुझ्न खोजेकी पनि छैन। विभिन्न पार्टीले आन्दोलन गरेको देख्दा यो नराम्रो कुरा हो कि जस्तो लाग्छ। फेरि कतिपयले यो आयो भने देशको विकास हुन्छ रे भन्छन्। खै के ? खै के ? देशको हित हुन्छ भने एमसीसी आएकै राम्रो। होइन भने नआएकै राम्रो। सत्तामा बसेका नेताहरूले यसमा विवेक पुर्‍याएर निर्णय गरुन्।

सुधा लम्साल, भोजपुर

(प्रस्तुति : रिता थापा)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.