एमाले विधान अधिवेशन : ओलीलाई अवसरै अवसर

एमाले विधान अधिवेशन : ओलीलाई अवसरै अवसर

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेरी अध्यक्ष बन्ने बाटो खुलेको छ । एमालेले जारी विधान महाधिवेशनबाट ७० वर्षमा कोही उम्मेदवार भएर जितेमा पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था गरेसँगै ओली अध्यक्ष बन्ने बाटो खुलेको हो ।

ओली वि.स. २००८ साल फागुन ११ गते जन्मिएका हुन् । यसरी हेर्दा उनी ७० वर्ष पुग्न झण्डै पाँच महिना बाँकी छ । जबकी नेतृत्व चयन गर्ने १० औं महाधिवेशन आगामी मंसिरमा हुँदैछ । यसरी हेर्दा सो महाधिवेशनबाट ओली पुनः अध्यक्षमा आउने सम्भावना छ ।

कुनै पनि व्यक्ति पार्टीको कमिटीमा ७० वर्ष पूरा नहुँदै निर्वाचित भएर कार्यकालको बीचमै ७० वर्ष पूरा भएपनि पूर्ण कार्यकाल काम गर्न पाउने गरी विधान पारित भएको छ।

विधानमा गरिएको ७० वर्ष उमेर हदको नयाँ परिभाषाले अब ओली अध्यक्षको उम्मेदवार हुन र निर्वाचित भए पाँच वर्षे कार्यकाल पूरा गर्न पाउने देखिन्छ ।
पार्टीको विधान महाधिवेशनमा प्रतिनिधिले उठाएका प्रश्नहरुको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष नाघेपछि उम्मेदवारी दिन नपाइने प्रस्ताव अघि सारेका थिए।

उनले भने, 'कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष नपुग्दासम्म उही तहको कार्यकारी पदमा एउटा व्यक्ति दुई पटकभन्दा बढी कार्यकाल उम्मेदवार बन्न पाउँदैन। कुनै व्यक्ति कार्यकारी पदमा रहिरहेको बेला ७० वर्ष पुग्यो भने सो कार्यकालभरी पदमा रहिरहन्छ।
 
एमालेको योग्यता संशोधन गरिएको छ। यसअघि तोकिएको पार्टी सदस्य भएको १५ वर्ष हुनुपर्ने प्रावधान संशोधन गरी १० वर्ष कायम गरिएको छ।केन्द्रीय सदस्यको न्युनतम योग्यता केन्द्रीय निकायको सदस्य भएको वा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएको व्यक्ति योग्य हुनेछ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.