एमालेलाई बहुमत पुर्‍याएर नेतृत्व छोड्छु : ओली

एमालेलाई बहुमत पुर्‍याएर नेतृत्व छोड्छु : ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार बेहाल अवस्थामा रहेको बताएका छन् । गोदावरीमा जारी विधान महाधिवेशनमा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।‘अहिलेको सरकार बेहाल अवस्थाको छ । नेपाली आकाशमा विदेशी हेलिकोप्टर घुम्छन् हो की होइन भन्न सक्दैनन् । तुइन सन्दर्भमा रिपोर्ट लुकाउँछन् । दक्षिणतर्फ फर्केर पनि बोल्न सक्दैन। अरुलाई अरुको धन्दा यो सरकारलाई खानाको धन्दा।’

उनले यो सरकारले मेलम्चीको पानी आगामी बैशाखसम्म नल्याउने ठोकुवा गरे।

एमालेलाई सरकारबाट ढाल्न दुनियाँ लागे

अध्यक्ष ओलीले आफ्नो सरकार ढाल्न सारा दुनिया लागिपरेको बताए। ओलीले भने, ‘हामीमाथि क्षेप्यास्त्रहरु प्रहार भए । सैद्धान्तिक वार, वैचारिक वार, के स्पष्ट छैन र ? एमालेलाई सरकारबाट ढाल्न दुनियाँ लाग्नुपर्‍यो, ओलीले भने तर हामी झुकेनौं।"

जनताको बहुदलीय जनवाद जडसुत्र होइन

अध्यक्ष ओलीले समयक्रम अनुसार जनताको बहुदलीय जनवाद परिमार्जन हुँदै जाने बताए। उनले भने,‘जनताको बहुदलीय जनवाद जडसुत्र होइन । कार्यान्वयनका क्रममा परिमार्जन हुँदै जान्छ । २८ वर्षमा केहि पनि नफेर्ने भन्नेपनि तर्क हुँदैन । सामाजिक परिवर्तनको आवश्यकतासँग जोडिएको छ ।’

हामी व्यक्तिपुजक र मूर्तिपुजक होइनौं

यतिबेला एमालेमाथि चौतर्फी हमला भइरहेको उनले बताए। उनले भने, ‘यतिबेला हामीमाथि चौतर्फी हमला भइरहेको छ । बैचारिक हमला त्यत्तिकै भएको छ । संगठनमाथि पनि हमला भएको छ। एमालेको महाधिवेशनमा व्यानर देखियो रे, तामझाम देखियो रे भनेर छाती पिट्छन् विरोधिहरु । हामी व्यक्तिपुजक र मूर्तिपुजक होइनौं । हामीले कमिटी प्रणाली, सामूहिक नेतृत्वमा विश्वास गर्छौं। कसैले चक्र चलाएर नेपाल जितिने होइन।’उनले माधव नेपालप्रति इंगित गर्दै स्वार्थलाई केन्द्रमा राखे फुट्ने प्रवृत्ति अहिले पनि जारी रहेको बताए। ‘एक ठाउँ भयो की फुटी हाल्नुपर्ने, सहनै नसक्ने,स्वार्थलाई केन्द्रमा राखेर फुट्ने प्रवृत्ति अहिले पनि चालुछ । जुन कम्युनिस्ट आन्दोलनका लागि निकै हानिकारक छ ।’

ओलीले भने,‘हामी कुनै भ्रममा पर्नुहुँदैन । नेकपा एमालेमा बोल्नै पाइँदैन । बहुतले झगडा भइदिए हुन्थ्यो भन्छन्। अनि उनीहरु देवत्वकरणका कुरा गर्छन्। हामी देवत्वकरण मान्दैनौं। पुष्पलालले छाडेका सिद्धान्तको वरपर हामी गोलमाल भएका छौं। ’

म बाँचिराखेको हुनाले मेरा विरोधी दुःखी छन्

उनले आफू र पार्टीमाथि दुई कारणले विरोध हुने गरेको बताए। उनले भने,' हाम्रा विरोधिहरु म बाँचिराखेको हुनाले र कार्यकर्ता, जनताले आफ्नो पार्टीलाई असाध्यै माया गर्ने कुरामा चिन्तित छन् । तर पार्टीको हितविरुद्ध एउटा पनि गलत कदम पनि चालिनेछैन एमालेलाई बहुमतमा पुर्‍याएर सुदृढ स्थितिमा पुर्‍याएरै छाड्नेछु । तपाईँहरुको विश्वासमाथि एक इन्च तलमाथि पार्ने छैन।’

उनले संगठनात्मक अराजकता र दक्षिणपन्थी अवसरबादलाई पार्टीबाट परास्त गर्नुपर्ने बताए । ओलीले भने, ‘हाम्रो पार्टी देशमा परीवर्तन ल्याउन लागि हो । गरिबी हटाउनका लागि हो । यो कामकाजी पार्टी हो । हामीलाई ठूलो पार्टी देश बनाउनका लागि चाहिएको हो। हामी बाहेक कसैले पनि गरिबी हटाउन सक्दैन । प्रमाण त हामीले सरकारमा रहँदा १ महिनामा के काम गर्‍यौं भनेर देखाएका थियौं।’

अब एमालेको बहुमतको केन्द्रीय सरकार

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अब स्थानीय तहको निर्वाचन जित्नै पर्ने बताए । ओलीले भने, ‘बहुमतको केन्द्रीय सरकार बनाउनुछ । देशको विकास गर्नुपर्ने छ । देश बनाउनुपर्नेछ ।’

ओलीले प्रचण्डप्रति लक्षित गर्दै भने, ‘केहिले २०६४ को जस्तै कब्जा गरेर जित्नुपर्ने भनिरहेका छन् । मतपत्र च्यात्न दिदैनौं । धाँधली गर्दैनौं । धाँधली गर्न दिँदैनौं। ’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.