आज नवरात्राको सातौँ दिन, सेनाले टुँडिखेलमा फूलपाती बढाइँ गर्दै

आज नवरात्राको सातौँ दिन, सेनाले टुँडिखेलमा फूलपाती बढाइँ गर्दै

काठमाडौं : मंगलबार नवरात्रको सातौँ दिन नेपाली सेनाले परम्परागत रुपमा टुँडिखेलमा फूलपातीको बढाइँ गर्दैछ । अघिल्लो वर्ष कोरोना महामारीका कारण सांकेतिक रुपमा मात्र मनाइएको फूलपाती यस वर्ष परम्परागत रुपमै मनाउन लागिएको बताइएको छ ।

यद्यपि कोरोना महामारीको जोखिम कायमै रहेकाले समारोह छोटो र छरितो गरिने बताइएको छ ।

फूलपाती गोरखा दरबारदेखि काठमाडौंको हनुमानढोका दरबारमा ल्याएर भित्र्याउने चलन छ । त्यस्तै दसैंमा टीका लगाउने सर्वसाधारणले फूलपातीका दिन घरमा शुभ साइत पारेर जमरा राख्ने चलन रहेको छ ।

नवरात्रका दिन नवदुर्गामध्येकी कालरात्रि देवीको पूजा आराधना गरिन्छ । हिन्दू परम्पराअनुसार नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौं दिन नवदुर्गाको सातौं रूप कालरात्रिकोे पूजा–आराधना गरिन्छ। 

धर्मशास्त्रअनुसार कालो वर्णकी र केश फिँजाएकी यिनले गलामा विद्युत् जस्तै चम्किने माला लगाएकी छन्। तीन आँखा भएकी कालरात्रिले बारम्बार निश्वास लिने गर्छन्। त्यसबाट अग्निको ज्वाला उत्पन्न हुन्छ। चार भुजा भएकी यिनले तरवार र खड्ग धारण गरेकी छन्। स्वरूप डरलाग्दो भए पनि कालरात्रिले भक्तहरूलाई सदैव कल्याण गर्छिन् भन्ने विश्वास गरिन्छ। 

महासप्तमीका दिन विद्याकी अधिष्ठात्री महासरस्वतीको विशेष पूजा गरिन्छ। यस्तै भद्रकालीको आराधना पनि गरिन्छ। विभिन्न शक्तिपीठहरूमा पशुबलिसहितको पूजा समेत गर्ने चलन रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.