विदेशबाट फर्केकालाई रोजगारी

विदेशबाट फर्केकालाई रोजगारी

काठमाडौं : वैदेशिक रोजगारीबाट फर्केकालाई रोजगारीमा जोड्ने अभियान सुरु भएको छ। सरकार तथा गैरसरकारी निकायले उक्त अभियान सुरु गर्न लागेका हुन्। 

खाडीमुलुक, मलेसिया र भारतलगायतका देशबाट फर्किनेको संख्या उल्लेख्य भए पनि फर्केपछि स्वदेशमा रोजगारी पाउन सकेका छैनन्। 

प्रत्येक वर्ष करिब पाँच लाखको हाराहारीमा श्रम बजारमा प्रवेश गर्नेमध्ये अधिकांश वैदेशिक रोजगारीमा जान बाध्य छन्। उनीहरूलाई स्वदेशमै रोजगारी दिलाउन, फर्केपछि पुनःएकीकरणपश्चात् रोजगारी, स्वरोजगारी तथा उद्यमशीलतामा जोड्न सरोकारवालाहरूले जोड दिने भएका छन्। सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको आयोजनामा दुई दिन स्वदेश फर्केकाको राष्ट्रिय सम्मेलन भयो। सम्मेलनले १९ बुँदे घोषणापत्र जारी गर्दै फर्केकालाई संगठित गर्दै रोजगारीसँग जोड्ने अभियान सुरु गरेको छ। 

यूएसएआईडी र यूके एडको सहयोगमा सञ्चालित हाम्रो सम्मान परियोजना/विनरक इन्टरनेसनल, सोलिडारिटी सेन्टर, सामी परियोजना, स्विस सरकार विकास सहयोग र वैदेशिक रोजगार बोर्डको सहकार्यमा भएको सम्मेलनमा विदेशबाट फर्केका १ सय ६० जनाको सहभागिता थियो। 

‘प्रवासी श्रमिकको सम्मानजनक स्वदेश फिर्ती र दिगो पुनःएकीकरण’ भन्ने मूल नाराका साथ सम्मेलन भएको थियो। 

पुनःएकीकरणसम्बन्धी नीति तथा ऐन, कानुन तथा निर्देशिका लगायतका नीतिगत र संरचनागत व्यवस्था निर्माण गरिनुपर्ने, नीति तथा कार्यक्रम तीन तहको संयन्त्र अनुरूप कार्यान्वयन गरिनुपर्ने, पुनःएकीकरणका क्रियाकलापमा  स्थानीय तहको सक्रियता बढाउनुपर्ने उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.