रिट दर्ता गर्न सर्वोच्च पुगेका वकिलहरुलाई प्रहरीले लखेटे
काठमाडौं : बन्दी प्रत्यक्षीकरणलगायतका रिट दर्ता गर्न सर्वोच्च अदालत पुगेका कानुन व्यवसायी र सर्वसाधरणलाई प्रहरीले लखेटेको छ। प्रहरीले करिब ४० जना कानुन व्यवसायीसहित सर्वसाधारणहरुलाई लखेटेर माइतीघर पुर्याएको छ।
अधिवक्ता स्वागत नेपालले रिट दर्ता गर्न सर्वोच्च पुगेका सेवाग्राहीहरुलाई प्रहरीले लखेटेको अन्नपूर्णलाई जानकारी दिए। उनले भने,' झन्डै ४० जनालाई लखेटेर माइतीघरतिर पुर्याएको छ।'
उनीहरुले इजलास बन्द गर्न नहुने र न्यायाधीशहरुले सर्वसाधारणको समस्या बुझेर काम फर्किनुपर्ने माग गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आइतबारदेखि कानुन व्यवसायीहरु समेत आन्दोलित भएका छन्। उनीहरु हातमा कालो र सेतो पट्टी बाँधेर विरोधमा उत्रिएका छन्।
यता केही कानुन व्यवसायीहरु भने इजलास सुचारुको माग गर्दै आन्दोलित छन्।
प्रतिक्रिया दिनुहोस !