प्रधानन्यायाधीश प्रकरण : सर्वोच्चमा आज पनि इजलास बसेन

प्रधानन्यायाधीश प्रकरण :  सर्वोच्चमा आज पनि इजलास बसेन

काठमाडौं : सर्वोच्च अदालतमा मंगलबार पनि इजलास बस्ने /नबस्ने अझै टुंगो लागेको छैन। सर्वोच्चले १५ जना न्यायाधीशका लागि ८ वटा इजलास तोकेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विवादमा तानिएपछि इजलास प्रभावित भएको हो। मंगलबार पनि सर्वोच्च अदालतका न्यायाधीशहरु आन्तरिक छलफलमा व्यस्त भएका कारण इजलास बस्न नसकेको हो। 

न्यायाधीशहरुले सोमबार पनि फूलकोर्ट र इजलास दुवै बहिष्कार गरेका थिए। प्रधानन्यायाधीश चोलेन्द्र शमबेर जबराले सर्वोच्चका न्यायाधीशलाई विश्वासमा दिलाएर कार्यसम्पादन गर्न नसकेकै कारण न्यायाधीशहरुले निकास दिनुको विकल्प नरहेको बताएका छन् । 

जबरामाथि कार्यपालिकामा भागबण्डा खोजेको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेकोलगायतका आरोप असन्तुष्ट न्यायाधीशहरूको छ । अहिले आन्तरिक छलफल सकेर सर्वोच्च अदातलका न्यायाधीशहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग छलफलमा जुटेका छन्। उनीहरुले प्रधानन्यायाधीशसँग मार्गप्रशस्त गरिदिन आग्रह गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.