प्रधानन्यायाधीशलाई भेट्दै न्यायाधीशहरु
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच भेटघाट हुँदैछ। प्रधानन्यायाधीशसँग न्यायाधीशहरुले मंगलबार बिहान साढे ११ बजे भेटघाट गर्ने बताइएको छ। सोमबार बोलाएको पूर्णबैठक (फूलकोर्ट) र इजलास बहिष्कार गरेका न्यायाधीशहरु मंगलबार प्रधानन्यायाधीश जबरालाई भेट्न लागेका हुन्। न्यायाधीशहरुले बहिष्कार गर्दा सोमबार फूलकोर्ट बैठक बस्न सकेन।
प्रधानन्यायाधीश जबराले फूलकोर्टको एजेन्डाबारे छलफलै नगरी बैठक आह्वान गरेको भन्दै न्यायाधीशहरुले आपत्ती जनाएका छन्। उनीहरुले प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गरिदिन आग्रह गरेका छन्।
प्रधानन्यायाधीश जबराले सर्वोच्चका न्यायाधीशलाई विश्वासमा दिलाएर कार्यसम्पादन गर्न नसकेकै कारण उनीहरुले समेत निकास दिनुको विकल्प नरहेको बताएका छन् । जबरामाथि कार्यपालिकामा भागबण्डा खोजेको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेकोलगायतका आरोप असन्तुष्ट न्यायाधीशहरूको छ ।
यस्तै नेपाल बार एसोसियसनले पनि प्रधानन्यायाधीश जबराले निकास दिनुपर्ने बताएको छ । चौतर्फी विवादमा परेपछि प्रधानन्यायाधीश जबराले कानुन व्यवसायीको छाता संगठन नेपाल बारका पदाधिकारीसँग छलफल गरेका थिएन्।
प्रतिक्रिया दिनुहोस !