सर्वोच्चका १४ न्यायाधीशले फुलकोर्ट बहिष्कार गर्ने

सर्वोच्चका १४ न्यायाधीशले फुलकोर्ट बहिष्कार गर्ने

काठमाडौं : सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भोलि सोमबारका लागि डाकेको फुलकोर्ट (पूर्ण बैठक) सर्वोच्चका १४ न्यायाधीशले बहिष्कार  गर्ने भएका छ्न्। प्रधानन्यायाधीश जबराले भोलि सोमबार बस्ने फुलकोर्टको एजेन्डाबारे छलफल नै नगरी बैठक आह्वान गरेको भन्दै न्यायाधीशहरूले आपत्ति जनाएका हुन् । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबार डाकेको फुलकोर्टमा  न्यायाधीश सहभागी नहुने भएका हुन्। प्रधानन्यायाधीश र नेपाल बार एशोसियसनका अधिकारीबीच आइतबार भएको छ्लफलमा प्रधानन्यायाधीश जबराले सोमबार फुलकोर्ट डाक्ने प्रतिबद्धता जनाएका थिए। 

भोलि बस्ने फूलकोर्टमा वरिष्ठ अधिवक्ता उपाधिको निर्णय गर्ने कार्यसूची राखिएको छ। प्रधानन्यायाधीश जबराले भोलिको बैठकमा न्यायपालिका सुधार कार्यदलको प्रतिवेदन सम्बन्धी एजेन्डा राखेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए।

सर्वोच्चका एक अधिकारीले अधिकांश न्यायाधीशहरू प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने मुडमा रहेको बताए। प्रधानन्यायाधीशले भोलि १:३० बजे बैठक डाकेका छन्।

थप धारणा बनाउन सर्वोच्चका न्यायाधीशहरूको बैठक भोलि बिहान पुन: बस्ने छ। बैठकमा १४ न्यायाधीशको उपस्थित रहेको थियो। अन्य ५ न्यायाधीशहरू कार्यालयमा उपस्थित थिएनन्।

यस्तै प्रधानन्यायाधीश जबरा र बारका अधिकारीबीच आइतबार भेटवार्ता भएको थियो। बैठकमा न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा बनेको सुझाव प्रतिवेदन कार्यान्वयन, पेशी व्यवस्थापन, मन्त्री नियुक्तिमा प्रधानन्यायाधीशको संलग्नतालगायतका विषयमा छलफल भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.