प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबिच छ्लफल
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन्। राष्ट्रिय सभा सदस्यको चुनाव तथा प्रतिनिधि सभा र प्रदेश सभाको उपचुनावका विषयमा केन्द्रित रहेर छलफल भएको थियो।
आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार आगामी फागुन २१ बाट रिक्त हुने राष्टिय सभा सदस्यको निर्वाचन मिति तोक्ने विषयमा छलफल भएको थियो।
राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि आउँदो फागुन २० मा सकिँदैछ। कानुनअनुसार राष्ट्रिय सभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि चुनाव गर्नुपर्ने प्रावधान छ।
यस्तै प्रतिनिधि सभाका चार र प्रदेश सभाका १८ पद रिक्त छन्। बैठकमाआयोगले आउँदो वैशाखभित्र गर्नुपर्ने पालिकाको चुनाव पनि एकै चरणमा गर्न प्रस्ताव गरेको छ। सो अवसरमा प्रधानमन्त्री देउवाले निर्वाचन प्रणाली सुधार हुनुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस !