प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चमा वकिलहरुको धर्ना
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन्। नेपाल बार एसोसिएसनको अगुवाइमा सोमबार कानुन व्यवसायीहरु सर्वोच्च पुगेर धर्ना दिएका हुन्। उनीहरु न्यायापालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊलगायत नारा लेखिएको ब्यानर बोकेर धर्नामा बसेका हुन्।
विरोधको पूर्वनिर्धारित कार्यक्रमअनुसार उनीहरुले हातमा कालो पट्टी बाँधेर सर्वोच्च परिसरमा धर्ना दिएका हुन् । बहस बहिष्कार गर्दै जबराविरुद्ध आन्दोलनमा उत्रिएका वकिलहरुले जबराले राजीनामा नदिएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।
यसअघि नेपाल बारले जबरालाई २०७६ वैशाख ६ गते न्यायालयलाई विकृति, विसंगति र भ्रष्टाचारमुक्त गराउन सुझाव दिएको थियो। 



प्रतिक्रिया दिनुहोस !