प्रधानन्यायाधीशले तोके ६ इजलास, विरोध भने कायमै

प्रधानन्यायाधीशले तोके ६ इजलास, विरोध भने कायमै

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १० न्यायाधीशका लागि ६ वटा इजलास तोकेका छन्। मंगलबारको सबै इजलासमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटको पेशी तोकिएको छ। प्रधानन्यायाधीश जबराले भने आफ्ना लागि इजलास तोकेका छैनन्। 

यता कानुन व्यवसायीहरुले भने तेस्रो दिनको विरोध कार्यक्रमलाई जारी राखेका छन्। नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन्। उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेरा जबराको राजीनामा माग्दै बार र सर्वोच्चमा विरोध जनाएका हुन्।

यसअघि नेपाल बारले प्रधान्यायाधीशलाई राजीनामा दिन दिएको पाँच दिने अल्टिमेटमको समयसीमा आज सकिदैछ। जबराले पदबाट राजीनामा नदिएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने कानुन व्यवसायीहरुले बताउँदै आएका छन्।

प्रधानन्यायाधीश जबराले अदालतको गरिमा कायम राख्न नसकेको भन्दै गत कार्त्तिक १४ गतेदेखि उनीहरु आन्दोलित छन्। जबराले भने सडकबाट राजीनामा दे भन्दैमा आफूले राजीनामा नदिने बताएका छन्।उनले सोमबार आन्दोलित न्यायाधीशसँगको छलफलमा आफूलाई वैशाखसम्म काम गर्न दिन प्रस्ताव राखेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.