सर्वोच्च परिसरमा वकिल-प्रहरी झडप, बार महासचिवसहित ६ जना घाइते
काठमाडौं : प्रहरीसँगको धकेलाधकेलमा ६ वकिल घाइते भएका छन्। बिहीबार सर्वोच्च अदालत अगाडि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको विरोधमा प्रदर्शनमा उत्रिएका वकिल प्रहरीसँग धकिलाधकेल गर्दा घाइते भएका हुन्।
बारका महासचिव लीलामणि पौडेल, नेपाल बार एसोसिएसनका उपाध्यक्ष रक्षा बस्याल, पुर्व उपाध्यक्ष कुमार शर्मा आचार्य, नेपाल बारका केन्द्रीय सदस्य रमन श्रेष्ठ र उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई, केन्द्रीय सदस्य प्रकाश महर्जन र घाइते भएका नेपाल बार एसोसिएसनका पुर्व उपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए।
करिब दुई हप्तादेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बार आन्दोलित छ। बारले बिहीबार पनि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएको छ। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरालाई शुक्रबार सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस !