नेपालले एमसीसी पास नगरे अन्यत्र लैजान्छौं : अमेरिकी सहायक मन्त्री

नेपालले एमसीसी पास नगरे अन्यत्र लैजान्छौं : अमेरिकी सहायक मन्त्री

काठमाडौं: दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालले एमसीसी पास नगरे पनि आफूहरुलाई कुनै आपत्ति नहुने स्पष्ट पारेका छन्।

नेपाल भ्रमणबारे काठमाडौंमा आयोजित केही सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका हुन्। उनले एमसीसी पास गर्ने नगर्ने नेपालले सार्वभौमरुपमा गर्ने निर्णय भएको बताउँदै त्यसमा आफूहरुको कुनै दबाब नरहेको बताए।

'एमसीसी पास गर्ने नगर्ने कुरा नेपाल सरकार र नेपालको संसदले सार्वभौमरुपमा गर्ने निर्णय हो। हामी एमसीसी नेपाल सरकारले अनुमोदन गरोस् र अगाडि बढोस् भन्ने चाहन्छौं,' उनले भने, 'तर पास गरेन भने पनि हामीलाई केही आपत्ति छैन।'

एमसीसी पास नभए उक्त रकम अन्यत्र लैजाने उनले बताए। 'एमसीसी पास नभएको खण्डमा उक्त रकम अन्य आवश्यक परेका देशलाई दिन्छौं,' उनले भने।

उनले एमसीसीका बारेमा यहाँ मिथ्या सूचना फैलाएको भन्दै दुःख व्यक्त गरे। 'मलाई के कुराले चिन्तित बनाएको छ भने एमसीसीको बारेमा यहाँ मिथ्या सूचना फैलाइएको छ,' उनले भने।

उनले एमसीसी विश्वका केही मुलुकले मात्र प्राप्त गरेको भन्दै प्रजातन्त्र र खुला अर्थनीतिमा प्रगति गर्ने मुलुकले मात्र यो अनुदान पाउने गरेको बताए।

नेपाल भ्रमणमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित मुख्य राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरेका थिए। उनले भेटघाटमा नेपाली नेताहरुले कुनै न कुनै निकास निकाल्ने आश्वासन दिएको बताए।

'एमसीसी नेपालको उच्च प्राथमिकतमा रहेकाले नेताहरुले कुनै न कुनै निकास निकाल्छौं भनेका छन्,' उनले भने। उनले नेपाल आर्थिक र सामाजिक क्षेत्रमा ठूलो सम्भावना बोकेको मुलुक रहेको बताउँदै अगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको बताएका थिए। अमेरिकाले नेपाललाई विगत ७५ वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.