पौडेलको चियापानमा देउवा

पौडेलको चियापानमा देउवा

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा शेरबहादुर देउवा पुगेका छन् । मंगलबार बिहान पार्टीको १४औं महाधिवेशनका प्रतिनिधिहरुका लागि पौडेलले चियापान कार्यक्रम आयोजना गरेको थिए।

काठमाडौंको लैनचौरस्थित ब्यान्क्वेटमा कार्यक्रम चलिरहँदा प्रधानमन्त्री एवम् कांग्रेस सभापतिका उम्मेदवार देउवा पनि सहभागि भएका हुन्। नेता पौडेलले १४औं महाधिवेशनमा असन्तुष्टि जनाउँदै बहिष्कार गरेका थिए।पौडेलले प्रतिस्पर्धाबाट आफू बाहिरिएपनि आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पधाको आदर्श र मूल्यलाई जोगाउन कार्यकर्तालाई आह्वान गर्दै आएका छन्।

सभापतिमा आएन बहुमत

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ। कांग्रेस निर्वाचन समितिले दोस्रो चरणको निर्वाचन मंगलबार नै गर्ने तयारी गरेको छ। मंगलबार बिहान भएको मतगणनामा सभापति पदमा कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न सकेनन्।

कूल खसेको ४ हजार ६८१ मतमा शेरबहादुर देउवाले २२५८ मत मात्रै प्राप्त गरे। देउवाले ४८.२३ प्रतिशत मत ल्याएका छन्। डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका छन्।

पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ। अब देउवा र डा. शेखर कोइरालाबीच सभापति पदका लागि निर्वाचन हुनेछ। त्यस्तै प्रकाशमान सिंह ३७१, विमलेन्द्र निधिले २४९, कल्याण गुरुङले २० मत ल्याएका छन् । मतदानमा ७७ मत बदर भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.