माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ। शुक्रबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बसेको हो। 
बैठकमा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन, समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बैठकमा सहभागि एक नेताले जानकारी दिए। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रिय सम्मेलनका लागि तयार गरेको राजनीतिक प्रतिवेदनमा स्थायी कमिटीका सदस्यहरुले सुझाव दिने बताइएको छ।

माओवादीले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ। सम्मेलनमा एक हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने  माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। उनका अनुसार ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ नाराका साथ सम्मेलन हुनेछ ।

सम्मेलनमा प्रदेश कमिटीबाट ८ सय ३ जना प्रतिनिधि सहभागी माओवादी केन्द्रले जनाएको छ । सो पार्टीका अनुसार आयोजक समितिबाट १ सय ७९ जना, विभिन्न आयोगबाट १ सय ७५, सल्लाहकारहरु, जेष्ठ कम्युनिष्ट मञ्चबाट १ सय २५, केन्द्रीय प्रतिनिधिका रुपमा २७ र बाँकी पाँच प्रतिशत मनोनित गरी एक हजार ५ सय ३३ जना प्रतिनिधिहरु सहभागी हुनेछन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.