आठौं अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन : विशालले जिते मेन्स सिंगलको उपाधि
काठमाडौं : आठौं अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन रेगुलर मेन्स सिङगल्स उपाधि विन्दवासिनी प्रिन्टिङ एन्ड प्रेसका विशाल खड्काले जितेका छन्। बीएनएम सप्लायर्सका विश्वास नेपाललाई २१–१४, २१–१३ ले पराजित गर्दै खड्का विजयी गएका हुन्।
खेल लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कबर्ड हलमा भएको थियो। यो विधामा युनिक स्पोर्टका अनिल लाखे र जेस्ट सेभिङका सुजन थापा सेकेन्ड रनरअप भए। विजेताले एक तोला सुनको मेडल, रनरअपले आधा तोला र सेकेन्ड रनरअपले चौथाई सुनको मेडलसहित प्रमाण पत्र प्राप्त गरेका छन्। 
अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्याय, अन्नपूर्ण पोस्ट्का सम्पादक अखण्ड भण्डारी, ईन्जिनीयर सागर थापा र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए।
विजेतासहित सहभागि सबै खेलाडीले पुरस्कार ग्रहण गरेपछि अन्नपूर्ण मिडिया नेटवर्कको जलवायु परिवर्तन विरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै हस्ताक्षरसमेत गरेका थिए। 
प्रतिक्रिया दिनुहोस !