प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता : एमसीसीबारे छलफल

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता : एमसीसीबारे छलफल

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सोमबार बालुवाटारमा भएको भेटमा संसदको गतिरोध अन्त्य, एमसीसी, स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल भएको स्रोतले बताइएको छ । बिहान साढे १० बजे प्रचण्ड र नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए। उनीहरुबीच करिब २ घण्टा छलफल भएको छ।

 स्थानीय तहको निर्वाचन आउँदो जेठ मसान्तभित्र गर्न सत्ता गठबन्धनमा सहमति जुटेको छ । तर एमसीसीबारे भने सत्तागठबन्धनभित्र विवाद चुलिएको छ। 

प्रधानमन्त्री देउवा एमसीसी संसद‍्बाट पारित गराउनुपर्ने पक्षमा छन्। प्रचण्ड र नेपाल भने परिमार्जनसहित पारित गर्नुपर्ने अडानमा छन्। 
यता गठबन्धनका अर्का घटक जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले मध्यराति ट्वीट गर्दै उनले आलटाल नगरी अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सर्वसम्मतिले संसदबाट पारित गर्नुपर्ने धारणा राखेका थिए।  

सत्तारुढ गठबन्धनले एमसीसी सम्झौताबारे साझा धारणा बनाउन कार्यदल बनाएको छ। कार्यदलमा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल, कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठ छन्।

कार्यदलले काम अगाडि नबढाएपछि प्रधानमन्त्री देउवाले एमसीसी पारित गराउन पहल स्वरुप कार्यदलका नेताहरुसँग छलफल गरेका थिए। प्रधानमन्त्री देउवाले संसदमा तत्काल प्रस्ताव पेश गर्नुपर्ने धारणा राखेको बताइएको छ। प्रधानमन्त्री देउवाले एमसीसी अगाडि नबढाए गठबन्धन टुट्ने संकेत गरेका छन्।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाले माओवादीको महाधिवेशन उद्घाटन समारोहमै ‘एमसीसी राम्रोसँग पढ्न’अभिव्यक्ति दिएका थिए। सार्वजनिक रुपमै उनले ‘एमसीसी ऋण होइन, अनुदान हो। कसैले सित्तैमा पैसा दिन्छुभन्दा पनि लिन्न भन्छन्’भन्ने धारणा राख्दै आएका छन्।

गठबन्धनभित्रका दल एमसीसीको विषयमा पक्ष विपक्ष बन्दा ठोस निर्णय हुन सकेको छैन। यस अगाडि प्रधानमन्त्री देउवाले एमसीसी संसद्बाट अनुमोदन गर्ने प्रस्तावमा सहयोग गर्न विपक्षी एमाले अध्यक्ष केपी ओलीलाई भेटेर प्रस्ताव गरेका थिए। देउवा बालकोट पुगेर संसद्को अवरोध हटाउन र एमसीसी पारित गर्न ओलीसँग आग्रह गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.