कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं  : टोपबहादुर रायमाझी

कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं  : टोपबहादुर रायमाझी

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा एमाले नेता रायमाझीले आफूहरु सभामुख हटाउनुपर्ने पक्षमा रहेको पनि खुलाए ।

 उनले भने,‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं । उहाँ विधिसम्मत्रुपमा चल्नुभएन ।' रायमाझीले सभामुखलाई हटाउँदा नै राम्रो हुने बताए । यद्धपी आफूहरुले नै अग्रसर भएर सभामुखमाथि महाभियोग लगाउनेबारे भने नसोचेको उनको स्पष्टोक्ति थियो । उनले भने,'हामीले सभामुखमाथि महाभियोग लगाउनेबारे सोचेका छैनौं । सरकारसँग बहुमत छ । एमसीसी फेल वा पास गर्न पनि उहाँहरुसँग बहुमत छ । सभामुखमाथि महाभियोग लगाउन पनि हामीसँग बहुमत छैन् । तर, सभामुखलाई हटाउँदा राम्रो हुन्छ । कांग्रेसले महाभियोगको प्रस्ताव ल्यायो भने हामी साथ दिन्छौं ।’

रायमाझीले आगामी निर्वाचनमा आफ्नो पार्टीले कसैसँग पनि गठबन्धन नगर्ने स्पष्ट पारेका छन् । उनले भने, 'एमाले आफ्ना एजेण्डा लिएर जनताको बीचमा जान्छ । त्यसकारण एमालेलाई तत्काल कुनै पार्टीको साथ र सहारा चाहिँदैन् । नेपाली जनताको समर्थन र सहारा चाहिएको छ । जनताको माहोल अहिले एमालेतिर छ । एमाले इतिहासमा चाहे त्यो राजाविरोधी आन्दोलन होस वा पञ्चायत विरोधी, बुहदल ल्याउन होस् वा गणतन्त्र ल्याउन निर्णायक भूमिका खेलेको पार्टी हो । शान्ति प्रक्रिया र संविधान निर्माणमा एमालेको महत्वपूर्ण भूमिका छ । नयाँ संविधान बनेपछि एमाले अथवा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले विकास र समृद्धिका अभियानतिव्र रुपमा अघि बढाएको थियो, विकास निर्माणका काम अहिलेपनि अघि बढिरहेका छन् । राष्ट्रियता, सामाजिक सुरक्षा र न्यायको पक्षमा एमाले अग्रपंक्तिमा उभिएको छ । यो कारणले हामीलाई जनताले ठूलो समर्थन जनाएका छन् ।’

उनले एमालेलाई चुनावमा गठबन्धन वा महागठबन्धन जरुरी नरहेको बताए । उनले भने,'एमाले यतिबेला परमादेशको कारण प्रतिपक्षमा छ । एमाले विरोधीहरुले महागठबन्धन बनाउने काम गरेका छन् । प्रतिपक्षीको विरोधमा सरकार पक्षकाले महागठबन्धन बनाएका छन् ।'

उनले एमाले आफ्नो एजेण्डा लिएर अघि बढिरहेको बताउँदै आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म बुहमत र शानदार विजयी हाँसिल गर्ने दाबी गरे । उनले भने,'विगतमा हामी सरकारको नेतृत्वमा हुँदा हामीले गरेका काम लिएर जनतामा जान्छौं । एमाले भनेको पूरानो होइन, नेकपा पछिको एमाले हो । अहिलेको एमाले परिमार्जित नेकपा हो । एमाले नेकपाकै निरन्तरतामा छ । हामी पनि त्यहाँ छौं । हामी पार्टी एकताकै निरन्तरतामा छौं ।'

रायमाझीले अमेरिकी सहयोग सम्झौता एमसीसीको सवालमा पार्टीले अहिले नै आधिकारिक धारणा नबनाएको स्पष्ट पारे । उनले भने,'हामी अहिले प्रतिपक्षमा छौं । एमसीसीको सवालमा यो महागठबन्धनले पहिले टुँगो लगाओस् । संसद्मा टेबुल भएपछि हामी सोच्छौं । अहिले हाम्रो पार्टीले कुनै निर्णय गरेको छैन् ।' उनले प्रधानमन्त्री शेरहादुर देउवाले एमसीसी संसद्मा पेश गर्नुपर्ने पनि सुझाव दिए ।

उनले हार्ने मनस्थितिका कारण सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन सार्न खोजेको आरोप लगाए । उनले भने,'स्थानीय तहको निर्वाचन त हुनुपर्छ । निर्वाचन गर्नै पर्छ नि, कानुन र संविधान मान्ने हो भने निर्वाचन समयमै गराउनुपर्छ । स्थानीय तहको निर्वाचन सार्न यो गठबन्धनका नेताहरुले मरिहत्ते गरिरहेका थिए । तर, जनस्तरबाट चर्को दबाब आएपछि र विरोध भएपछि उनीहरु हच्किएका छन् । तत्काल निर्वाचनको मिति घोषणा हुनुपर्छ । उनीहरुले चुनाव जित्ने भएको भए निर्वाचन सार्न खोज्दैन थिए नि । हार्ने मनस्थिति देखेर नै उनीहरुले गठबन्धन गरेर चुनाव सार्न खोजेकाथिए । संविधानको प्रभावकारी कार्यान्वयन हुनुपर्छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.