एमसीसी पास गर्न देउवा र प्रचण्डद्वारा हस्ताक्षरित ‘अति गोप्य’ पत्र सार्वजनिक (पत्रसहित)

एमसीसी पास गर्न देउवा र प्रचण्डद्वारा हस्ताक्षरित ‘अति गोप्य’ पत्र सार्वजनिक (पत्रसहित)

काठमाडौंः सत्ता गठबन्धन दलले संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने प्रतिबद्धता जनाउँदै वासिङ्टन डिसीस्थित एमसीसी मुख्यालयलाई पठाएको संवेदनशिल र अतिगोप्य पत्र सार्वजनिक भएको छ। 

पत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट एमसीसी पारित गराउने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालले संयुक्त हस्ताक्षर गरेर सेप्टेम्बर २९ मा वासिङटन डिसीस्थित एमसीसी बोर्डलाई पत्र पठाएका थिए। 

गोप्य पत्र सार्वजनिक भएसँगै एसमीसी पारित गर्न माओवादी केन्द्रका अध्यक्ष दाहालसमेत सहमत भएको पुष्टि भएको छ। अध्यक्ष दाहाल संसोधन नभई एमसीसी पास गर्न नसकिने अभव्यिक्ति दिँदै आएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन बैठकमा संसदबाट एमसीसी पारित गर्ने प्रस्ताव गर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा केन्द्रका अध्यक्ष दाहालले संसोधन नगरी एमसीसी पास गर्न नसकिने जवाफ दिएका थिए। 

एमसीसी पारित गर्ने प्रतिबद्धतासहितको पत्र सार्वजनिक भएपछि अध्यक्ष दाहाल चेपुवामा परेका छन्। प्रधानमन्त्री देउवा कात्तिक १८ गते स्कटल्यान्डबाट स्वदेश फर्किने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा एमसीसी पारित गर्ने प्रतिबद्धतासहित आफू र एकीकृत माओवादी केन्द्रका अध्यक्ष दाहालले संयुक्त हस्ताक्षर गरी एमसीसी बोर्डलाई पत्र पठाएको खुलासा गरेका थिए। त्यही बेला दाहालले प्रधानमन्त्री देउवाको भनाइको खण्डन गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.