निर्वाचनको तयारीमा लाग्यो आयोग, आजबाट मतदाता नामावली संकलन बन्द

निर्वाचनको तयारीमा लाग्यो आयोग, आजबाट मतदाता नामावली संकलन बन्द

काठमाडौं : स्थानीय चुनाव वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै निर्वाचन आयोग त्यसको तयारीमा लागेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन्, ‘हामी चुनावको मैदानमा भिड्न थालिसक्यौं। अब करिब ९३ दिन बाँकी छ। हामीले समयमै चुनाव गर्न सक्छौं।’

मंगलबारदेखि नयाँ मतदाता नामावली संकलन गर्न बन्द गरिने प्रवक्ता पौडेल बताउँछन्। ‘आजैबाट अन्तिम मतदाता नामावली प्रकाशनको तयारी गर्छौं,’ पौडेल भन्छन्, ‘कार्यविधि बनाउने, सामान खरिद गर्नेलगायत कामहरू सुरु गर्छौं।’  
आयोगले आसन्न स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रक्रिया अघि बढाएको छ। भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनलगायत व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरी स्थानीय तहसँग विवरण मागेको जनाइएको छ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २४७ मा यस संविधानबमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग माग गरेको छ। स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि ७ सय ५३ वटै स्थानीय तहले माघभित्र विवरण आयोगमा पठाउन भनेको हो।   

आयोगले आसन्न स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचनको सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनार्थ करिब दुई महिना अवधिका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.