सभामुखलाई महाभियोग लगाउने तयारीमा छौं : महेश बस्नेत

सभामुखलाई महाभियोग लगाउने तयारीमा छौं : महेश बस्नेत

काठमाडौं : नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव पनि दर्ताको तयारी भइरहेको बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बस्नेतले सभामुखविरुद्ध महाभियोग आउने परिस्थिति सिर्जना हुन लागेको बताए । महाभियोग कांग्रेसले पनि चाहेको र सदनलाई सूचारु गर्ने कुरामा एउटा सेफ ल्याण्डिङका रुपमा प्रयोग गर्नेगरी परिस्थिति बनेको उनको दाबी छ ।

यद्यपि एमालेले अहिलेसम्म कुनै ठोस निर्णय नगरिसकेको भन्दै बस्नेतले महाभियोगको परिस्थिति भने बन्दै गएको जिकिर गरे ।  

नेता बस्नेतले सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउन आफूहरु सय जना सांसद जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको पनि स्पष्ट पारे । 'हामी सय जना स्ट्याण्डबाई छौं। जुनबेला पनि सही गर्न तयार नै छौं । त्यसलाई संख्या पुर्‍याउने कुरामा एमालेले पहल गरेर त्यो परिस्थिति सिर्जना गर्‍यो भने त्यो हुन पनि सक्छ ।'

सभामुखले संसदमा दलीयभन्दा अभिभावकको भूमिका खेल्नुपर्नेमा नेता बस्नेतले जोड दिए । सभामुखसामू तीन विकल्प रहेको उनको तर्क छ । ‘पहिलो विकल्प भनेको हामीले कारबाही गरेका सांसदहरुको कारबाही पत्र सदर गर्ने, अनि दोस्रो विकल्प भनेको आफ्नो पदबाट राजीनामा दिएर परिस्थिति सहजीकरण गर्ने र तेस्रो विकल्प भनेको अदालतले छिटो फैसला गर्ने हो । यो भन्दा फरक विषय एमालेले अहिले सोचेको छैन । यी तीन कुरा नभएसम्म संसदमा एमालेको अवरोध कायमै रहन्छ,' उनले भने ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारी निर्णयको स्वागत गर्दै बस्नेतले एमालेले कसैसँग पनि गठबन्धन नगर्ने दाबी गरे । आफ्नो पार्टीको भविष्य अन्धकार देखेको कारण प्रचण्ड र माधव नेपालले स्थानीय तहको निर्वाचन टार्ने षड्यन्त्र गरेको उनले आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.