एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएकामाथि पानीको फोहरा (फोटोफिचर)
काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा हानेको छ। एमसीसी राष्ट्रघाती भन्दै विभिन्न राजनीतिक दलका भातृसंगठनका कार्यकर्ताहरुले बानेश्वरस्थित संसद भवन वरपर बिहानैदेखि विरोध प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले भीड नियन्त्रण गर्न पानीको फोहरा हानेको थियो। सोही क्रममा प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा तथा पानीका बोतल प्रहार गरेका गरेका थिए।
भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो। प्रदर्शनकारीहरुले सार्वजनिक सवारी साधनमा समेत तोडफोड गरेका थिए। निषेधित क्षेत्र प्रवेश गर्न थालेपछि प्रहरीले दर्जनौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस !