भिजिट भिसामा परिवार भेट्न भन्दै खाडी हिँडेका ५ महिलासहित १९ जनालाई अध्यागमनले रोक्यो

भिजिट भिसामा परिवार भेट्न भन्दै खाडी हिँडेका ५ महिलासहित १९ जनालाई अध्यागमनले रोक्यो

काठमाडौं: त्रिअबि अध्यागमन कार्यालयले खाडीसहित विभिन्न देश हिँडेका १९ जनालाई रोकेको छ। आइतबार साउदी अरेबिया हिँडेका ८ जना, दुबई हिँडेका ६ जना, कुवेत हिँडेका ३ जना र ‌ओमान र माल्दिभ्स हिँडेका एक-एक जनालाई प्रस्थान अनुमति नदिएको अध्यागमन कार्यालयले जनाएको छ।

साउदी हिँडेका काभ्रेपलाञ्चोककी आशा ह्युमिखा, बर्दियाकी तिलमाया विक, उदयपुरकी रञ्जना मोटे, सिरहाकी जुलेखा खातुन, रुपन्देहीका सराह अब्दुल समद मुसलमान, यसिर सइद मुसलमान, सबना खातुन र मोरङका सुनिल कुमार सरदार रहेका छन्। सरदारबाहेक सबै जना भिजिट भिसामा साउदी हिँडेको अध्यागमन स्रोतले जानकारी दिइयो। साउदीमा परिवार भेट्न भनेर हिँडेका उनीहरुले गृह मन्त्रालयले तोकेको मापदण्ड पूरा नगरेको अध्यागमन स्रोतले जानकारी दियो। 

त्यस्तै दुबई हिँडेका मोरङका अभिषेक बस्नेत, बाराकी लक्ष्मी कुमारी आचार्य, अर्घाखाँचीका बाबुराम शर्मा, प्युठानका युवराज पोखरेल, ठेगना नखुलेकी श्रीया सरु पौडेल र कास्कीकी कास्या पौडेल रहेका छन्। अभिषेकबाहेक सबै जना भिजिट भिसामा दुबई हिँडेका थिए, तर उनफीहरुले गृह मन्त्रालयले तोकेको कागजपत्र पेस गर्न नसकेको अध्यागमन स्रोतले बतायो।

त्यस्तै कुवेत हिँडेकी इलामकी बबिता लिम्बु, रसुवाकी नेवाङ्ग्मो तितुङ र दाङकी लुग्नि कुमारी खड्का रहेका छन्। उनीहरु घरेलु कामदारका लागि हिँडेको भनिए पनि नेपाली राजदूतावास कवेतको डकुमेन्ट नभएको र भिसा र श्रम स्वीकृतिको कागजपत्रसमेत फरक भएको अध्यागमन स्रोतले बतायो। ओमान र माल्दिभ्स हिँडेका दुवै जनाले श्रम स्वीकृत पेस गर्न नसकेको स्रोतले बतायो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.