अमेरिकाले युक्रेनमा रहेका बाँकी कूटनीतिज्ञलाई पोल्याण्ड पठायो
वासिङटन डिसी : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनमा बाँकी भएका कूटनीतिज्ञलाई सुरक्षाको कारणले पोल्याण्डको लुव्योमा जान भनिएको पुष्टि गरेका छन्। उनले यी कूटनीतिज्ञहरूले पोल्याण्डमा रात बिताउने बताए।
एन्टोनी ब्लिन्केन आफू पोल्याण्ड जानु स्थायी नभएको बताउँदै युक्रेनमा आफ्नो काम जारी राख्न र आपतकालीन कन्सुलर सेवाहरूको लागि नियमित रूपमा फर्कने बताए।
एक शीर्ष अमेरिकी कूटनीतिज्ञले भने कि युक्रेनप्रति अमेरिकी प्रतिबद्धता एक ठाउँमा मात्र सीमित छैन। यद्यपि अमेरिकाले कूटनीतिज्ञका सम्बन्धमा पहिलेदेखि नै कदम चाल्दै आएको थियो ।
यस महिनाको सुरुमा अमेरिकाले रुसले युक्रेनमा जुनसुकै बेला आक्रमण गर्न सक्ने भन्दै आफ्ना नागरिकहरू तुरुन्तै छाड्नु पर्ने बताएको थियो। ह्वाइट हाउसले आक्रमण हवाई बमबारीबाट सुरु हुन सक्ने बताएको छ । आक्रमणपछि अमेरिकी नागरिकलाई युक्रेन छोड्न गाह्रो बनाउन सक्छ।
अमेरिकासँगै बेलायत, अष्ट्रेलिया, क्यानडा र नेदरल्याण्डले पनि आफ्ना नागरिकलाई जतिसक्दो चाँडो युक्रेन छोड्न आग्रह गरेका छन् ।
रुस र अमेरिकाले युक्रेनको राजधानी किभबाट आफ्ना कूटनीतिक कर्मचारीलाई हटाउने गरेको मिडिया रिपोर्टले जनाएको छ ।
एपी रिपोर्टले अमेरिकी दूतावासका कर्मचारीहरू पोल्याण्ड नजिकै बस्ने जनाएको छ। यो क्षेत्र युक्रेनको सुदूर पश्चिममा छ। बीबीसी हिन्दीबाट
प्रतिक्रिया दिनुहोस !