वैद्यले सोधे, ‘एमसीसी किन टेबल गरेको ?’ प्रचण्डको जवाफ: अब मत दिँदैनौं

वैद्यले सोधे, ‘एमसीसी किन टेबल गरेको ?’ प्रचण्डको जवाफ: अब मत दिँदैनौं

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य किरणबीच खुमलटारमा भेटवार्ता भएको छ ।

भेटमा वैद्यले अमेरिकी सहायता परियोजना एमसीसीबारे चासो राखेका थिए । उनले एमसीसी राष्ट्रको हितमा नभएको भन्दै पारित गर्न नहुने बताए । राष्ट्रहित विपरीत सम्झौता किन टेबल  गरेको भनेर प्रचण्डसँग चासो राखेको वैद्यको सचिवालयले जनाएको छ । 

जवाफमा अध्यक्ष प्रचण्डले एमसीसी संसदमा टेबल भए पनि मतदान नगर्ने बताएका थिए । उनले भने, ‘एमसीसी टेबल नगर्ने भन्दा भन्दै टेबल गरे । अब भोट हाल्दैनौं भनेका छौं ।’

भेटमा वैद्यले एमसीसी विरुद्धको प्रदर्शनका क्रममा पक्राउ परेका कार्यकर्ता रिहा गर्न पनि प्रचण्डसँग अनुरोध गरेका थिए । (क्रान्तिकारी) माओवादीका नेताद्वय बसन्त बोगटी र सुनिता बुढाथोकी प्रहरी हिरासतमा छन् । वैद्यले विज्ञप्ति जारी गरेर कार्यकर्ता रिहा गर्न सरकारसँग माग गरेका छन् । 

वैद्यले जारी गरेको वक्तव्यमा भनिएको छ, 'अमेरिकी हिन्द–प्रशान्त रणनीतिको अभिन्न अंग रहेको राष्ट्रघाती एमसीसी परियोजना खारेजीको माग गर्दै हाम्रो पार्टी लगायत ६ वटा कम्युनिस्ट पार्टी र २ ओटा मोर्चाको संयुक्त आह्वानमा गत फागुन ८ गने आयोजना गरिएको शान्तिपूर्ण नेपाल बन्द कार्यक्रमको सन्दर्भमा गिरफ्तार गरिएका हाम्रो पार्टीका केन्द्रीय सदस्य बसन्त बोगटी र  सुनिता बुढाथोकीलगायत अन्य विभिन्न पार्टीसँग आबद्ध दर्जनौं कार्यकर्तालाई कथित अभद्र व्यवहारको झुट्टा मुद्दा लगाई देउवा नेतृत्वको गठबन्धन सरकारले जेल चलान गर्ने कुचेष्टा गरेको छ । अमेरिकी साम्राज्यवादलाई खुसी पार्न गरिएको यस प्रकारको अनैतिक र पूर्वाग्रही कामको हाम्रो पार्टी घोर निन्दा तथा भत्र्सना गर्दछ र उहाँहरुमाथि लगाइएका झुट्टा मुद्दाको खारेजी गरी उहाँहरुको अविलम्ब एवम् निशर्त रिहाइका लागि जोडदार माग गर्दछ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.