सत्ता उल्ट्याउन कैयन षडयन्त्र भइरहेका छन् : अध्यक्ष प्रचण्ड

सत्ता उल्ट्याउन कैयन षडयन्त्र भइरहेका छन् : अध्यक्ष प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रचण्डले प्रतिक्रान्तिकारीहरुले सत्ता उल्ट्याउन कैयन षडयन्त्र रचेको उल्लेख गरेका छन् । तर ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुने उनको भनाइ छ । 

एमसीसी सम्झौतालाई लिएर कांग्रेसले प्रमुख प्रतिपक्षी एमालेसँग निरन्तर सम्वाद बढाएपछि प्रचण्डले सरकार टुटाउने प्रयास भइरहेको धारणा आएको हो । 

‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरु फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोशिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको छ। उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन्। तर हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं,’ उनले भनेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.