सुरक्षा खतरा बढेपछि संसद भवनको पर्खालमा काँडेतार लगाइयो

सुरक्षा खतरा बढेपछि संसद भवनको पर्खालमा काँडेतार लगाइयो

काठमाडौं: नयाँ बानेश्वरस्थित संसद भवनको पर्खालमा काँडेतार लगाइएको छ। एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीबाट हुनसक्ने सम्भावित घटनाको पूर्व तयारीका लागि संसद भवनको पर्खालमा काँडेतार लगाइएको हो।

पछिल्लो समय एमसीसी विरोधमा नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ। संसदमा एमसीसी टेबल गरिएपछि त्यसको विरोधमा प्रदर्शनकारीले विरोध गर्दै आएका छन्।

भोलि (बिहीबार) संसद बैठक बस्दैछ। संसद बैठक बस्दैगर्दा यता बानेश्वर क्षेत्रमा प्रदर्शनको तयारीसमेत गरिएको बताइएको छ। सम्भावित घटना हुन नदिन काँडेतार लगाइएको सुरक्षास्रोतले जानकारी दिएको छ। 

\


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.