एमसीसी कार्यान्वयन हुनुपर्छ, व्याख्यात्मक घोषणा निरर्थक : ओली
काठमाडौंः नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत व्याख्यात्मक घोषणा निरर्थक भएको बताएको छ । एमाले अध्यक्ष ओलीले व्याख्यात्मक घोषणा एउटा देखाउने भाँडो मात्रै भएको भन्दै निरर्थक रहेको बताएका हुन्।
‘एमसीसी राष्ट्रिय हितमा तल-माथि नहुने गरी कार्यान्वयन हुनुपर्छ, व्याख्यात्मक घोषणा निरर्थक छ । यो एउटा देखाउने भाँडो मात्रै हो,' उनले भने।' व्याख्यात्मक घोषणा ‘शाकाहारीले किताबको माछा पो खान हुन्न, खोलाको त भइहाल्छ नि’भनेजस्तै भएको समेत उनले टिप्पणी गरे।
अध्यक्ष ओलीले गठबन्धनका नेताहरू एमसीसी घोषणालाई लालीपाउडर घसीघसी अझै भ्रमको खेती गर्नमा सक्रिय रहेको बताए। दुई सरकारबीच भएको सम्झौतालाई एकतर्फी व्याख्या गरी संशोधन हुनु हास्यास्पद भएको बताए।
उनले भने,' दुई सरकारबीच भएको सम्झौतालाई एकतर्फी व्याख्या गरी संशोधन गर्नु जनतालाई ढाट्ने दुष्प्रयास हो, यो हास्यास्पद हो।'
प्रतिक्रिया दिनुहोस !