लुक्ला विमानस्थल नजिकै आगलागी, सुर्के खोलाको पानी भरेर निभाउँदै सिम्रिक हेलिकोप्टर
काठमाडौं : सिम्रिक एयरको हेलिकोप्टरले सोलुखुम्बुको तेन्जिङ हिल्लारि विमानस्थल लुक्ला नजिकैको वनमा लागेको आगो निभाउन सुरु गरेको छ। फायर फाइटिङसहितको हेलिकोप्टर आगो निभाउन सोमबार बिहान लुक्ला गएको हो। स्थानीय सुर्के खोलाबाट पानी भरेर नक्चुङ वनमा लागेको आगो सिम्रिक एयरको हेलिकोप्टरले निभाउन थालेको छ।
सोमबार बिहान धुवाँले गर्दा करिब १ घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ। प्राधिकरण प्रमुख द्वारिका अछामीका अनुसार विमानस्थल नजिकैको जङ्गलमा लागेको आगोको धुवाँले धावन मार्ग नै ढाकेपछि विमानस्थल नै बन्द गरिएको हो। अहिले हावाका कारण धुवाँ अन्यत्र ड्राइभड भएकाले उडान भइरहेको उनको भनाइ छ। आगोका कारण सल्ला, उत्तिस लगायतका प्रजातिका बोटबिरुवाहरु धेरै मात्रामा नष्ट भइसकेको स्थानीयले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !