प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव तत्काल पारित गर्न माग

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव तत्काल पारित गर्न माग

काठमाडौं : मानव अधिकार तथा शान्ति समाजले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव पारित गर्न माग गरेको छ। कपिलवस्तुको वाणगंगामा सम्पन्न मानव अधिकार तथा शान्ति समाजको चौबीसौ राष्ट्रिय परिषद् बैठकले महाभियोग प्रस्ताव पारित गरी आवश्यक कारबाही गर्न माग गरेको हो। यस्तै समाजले अनेकौं अनियमिततामा संलग्न राणालाई आवश्यक कारबाही गर्न समेत माग गरेको छ ।

निलम्बनमा रहेका प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्ताव संसद् बैठकमा पेस भएको छ। विभिन्न जिल्लाबाट २०० भन्दा बढी अधिकारकर्मीहरुको सहभागिता रहेको राष्ट्रिय परिषद् बैठकले गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा  सबैको अधिकार भन्ने आह्वानसहित आठवटा प्रस्ताव पारित गरेको छ ।
राष्ट्रिय परिषद् बैठकले रुसलाई तत्काल सेना फिर्ता गरी युद्ध रोक्न र युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको लागि योगदान गर्न आह्वान गरेको छ ।

यस्तै मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमिति र जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको विभिन्न निकायमा संलग्नता सीमा सम्बन्धमा पनि राष्ट्रिय परिषद् बैठकले प्रस्ताव पारित गरेको छ ।
 २८ फागुन बिहान सांकेतिक तवरमा वाणगंगा नदीमा सफाई कार्यक्रमका साथै राष्ट्रिय परिषद् बैठकको सेरोफेरोमा रक्तदान, शान्ति र्याली, शान्ति दीप प्रज्वलनसहित आधा दर्जन कार्यक्रम आयोजना गरिएको थियो ।

शान्ति समाज कपिलवस्तु शाखाको आतिथ्यमा सम्पन्न राष्ट्रिय परिषद् बैठक आयोजनाका लागि शाखा सभापति गोविन्द पोख्रेलको संयोजकत्वमा मुल तयारी समितिसहित १३ वटा उपसमिति गठन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.