स्थानीय तह निर्वाचन: उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते
काठमाडौंः निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन कार्यक्रम पास गरेको छ। आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकेको छ। त्यस्तै उजरी दर्ता, त्यसमाथि जाँचबुझलगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिने कार्यक्रम छ।
उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते समय दिइने निर्वाचन आयोगले जनाएको छ। सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने र १७ गते चुनाव चिन्ह प्रदान गरिने छ।
वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनअन्तर्गत् २७ गते मध्यरातदेखि मौन अवधि लागू हुनेछ।
प्रतिक्रिया दिनुहोस !
२