जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्ने व्यवस्था एमालेविरुद्ध : ओली
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाएका छन् । एमाले पोलिट व्यूरो बैठकमा अध्यक्ष ओलीले स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्ने व्यवस्था एमालेविरुद्ध भएको भन्दै आयोगको निष्पक्षतामाथि प्रश्न उठाएका हुन् ।
'मतपत्रको रङ हरियो बनाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्नेजस्ता व्यवस्था एमालेविरुद्ध छ,' उनले भने। उनले एमालेलाई अप्ठ्यारो पार्ने गरी आचारसंहिता ल्याइएको आरोप लगाए । ओलीले भने, 'निर्वाचन आयोगले आचारसंहितामा नयाँ व्यवस्था बनाउँदा राजनीतिक दलहरुसँग परामर्श गरेन । आयोगले पछिल्ला निर्णयहरु गर्दा गठबन्धनबाहेक अन्य दलसँग परामर्श गरेन । हामीलाई अफ्ठेरो पार्ने काम गर् यो ।'
ओलीले अहिले पनि कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस !