गठबन्धन र तालमेल हितकर छैन : गगन थापा

गठबन्धन र तालमेल हितकर छैन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन र तालमेल हितकर नभएको दाबी गरेका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री थापाले गठबन्धन र तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको बताएका हुन्।

उनले भने,‘गठबन्धन र चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर छँदै छैन तर, पार्टीको निर्णय मानेको छु। यो विषयमा बहस गर्नुपर्छ।’

तालमेलको राजनीतिक संस्कृतिले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो नगर्ने बताए। उनले भने,‘स्थानीय कुरा भन्दा पनि गठबन्धनको विषयले चर्चा पाएको छ। संसदीय व्यवस्थामा दलहरूबीच तालमेल नहुने होइन। हामी जुन तालमेलको राजनीतिक संस्कृतितर्फ जाँदै छौँ, त्यसले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो गर्दैन।’ थापाले एउटा पार्टीको चुनाव चिन्हबाट चुनाव जितेको व्यक्ति पाँच वर्ष जनप्रतिनिधि भएको व्यक्ति रातारात दल परिवर्तन गर्ने गरेको समेत बताए । 

नेपाली कांग्रेसले महामन्त्री एवं घोषणापत्र तयारी समितिका संयोजक थापालाई जिम्मेवारी दिएको छ। समितिले घोषणापत्र तयार गरेपछि कांग्रेसले वैशाख ११ गते लोकतन्त्र दिवसका अवसरमा सार्वजनिक गर्नेछ। 

प्रमुख प्रतिपक्ष दल एमालेविरुद्ध मोर्चाबन्दी गरेको गठबन्धनले विगतका आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्न आग्रह गरेको छ। सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय भएपछि कांग्रेसले तत्काललाई उम्मेदवार सिफारिस नगर्न कार्यकर्तालाई निर्देशन दिएको थियो। उक्त निर्णयप्रति शेखर कोइराला समूहका नेताहरुले असन्तुष्ट जनाएका छन्। कतिपय स्थानीय तहमा भने गठबन्धनभित्रका दलले उम्मेदवार घोषणा गरेका छन्।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। स्थानीय निर्वाचनको अघिल्लो दिन वैशाख २९ मा १८ वर्ष उमेर पुग्नेले यसपटक मत खसाल्न पाउने भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.