संखुवासभामा भत्कियो गठबन्धन, कांग्रेसले हात उठाएपछि माओवादीको आपत्ति

संखुवासभामा भत्कियो गठबन्धन, कांग्रेसले हात उठाएपछि माओवादीको आपत्ति

संखुवासभा : संखुवासभामा पाँच दलीय गठबन्धन भत्किएको छ।

प्रमुख सत्तारुढ नेपाली कांग्रेस जिल्ला कार्यसमितिले एकतर्फी रुपमा गठबन्धन टुटेको सार्वजनिक घोषणा गरपछि जिल्लामा पाँच दलीय तालमेल नहुने देखिएको हो। शुक्रबार चुनावी तालमेलबारे टुंगो लगाउन पाँच दलीय बैठक बसेको थियो। बैठकमा सहमति नभएपछि कांग्रेसले तालमेल नगर्ने र एक्लै चुनाव लड्ने घोषणा गरेको थियो।

कांग्रेसको घोषणामा नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ।

शनिबार माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक टेकमान राईले विज्ञप्ति जारी गरेर कांग्रेसभित्र देखिएको चरम अन्तरकलह, गठबन्धन दलहरुबीच पालिकाहरुमा तालमेल गर्ने विषयमा भएको सकस, कांग्रेसबाट माओवादीलाई अति उपेक्षा, अवमूल्यन गरेकाले सहमतिमा पुग्न नसकिएको उल्लेख गरेका छन्। यो निष्कर्ष प्रदेश र केन्द्रको संयन्त्रलाई जानकारी गराउने, गठबन्धन नतोड्ने र अन्तिम विन्दुसम्म सहमतिको प्रयास गर्ने जिल्ला तालमेल संयन्त्रको निर्णयविपरीत कांग्रेसले गठबन्धन तोडेकोमा आपत्ति जनाएका हुन्।

‘आफ्नो दलभित्र उत्पन्न समस्याको व्यवस्थापन गर्नुको सट्टा कांग्रेसले पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णय, भावना र मर्मविपरीत एकपक्षीय रुपमा गठबन्धन टुटेको घोषणा गैरजिम्मेवार निर्णय हो,’ विज्ञप्तिमा भनिएको ट।

विज्ञप्तिमा कांग्रेसले गठबन्धन तोडेको विषयले उत्पन्न परिस्थितिमा कोही पनि तरंगित र भ्रमित नहुन अनुरोध गरिएको छ। ‘आफ्नो राजनीतिक अस्तित्व कायम राख्दै जनताको नेतृत्व गर्न आगामी स्थानीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न पनि तयार र सक्षम छ,’ माओवादीले भनेको छ।

पाँच दलीय गठबन्धनको मर्म, भावना र निर्णयलाई उल्लंघन गरेर एकलौटी अगाडि बढेमा माओवादी पार्टी स्थानीय तहमा आवश्यक निर्णय लिन स्वतन्त्र रहेको पनि जानकारी गराइएको छ।

संखुवासभामा १० वटा स्थानीय तह छन्। पछिल्ला दिनमा १० वटै तहमा कसरी तालमेल र गठबन्धन गर्न सकिन्छ भनेर छलफल र सम्वाद भए पनि सहमति जुट्न सकेको छैन।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.