दोलखामा पनि चुनावी गठबन्धन नहुने, स्वस्थ प्रतिस्पर्धा गर्ने चार दलको निर्णय

दोलखामा पनि चुनावी गठबन्धन नहुने, स्वस्थ प्रतिस्पर्धा गर्ने चार दलको निर्णय

काठमाडौं : दोलखामा सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेल नहुने भएको छ। गठबन्धन दलहरुबीच पालिकाको भागवण्डा नमिल्दा तालमेल नगर्ने निर्णय भएको हो।

९ पालिका रहेको दोलखामा माओवादी केन्द्रले चार र एकीकृत समाजवादीले तीन पालिका मागेको थियो। यसरी प्रमुख सत्तारुढ नेपाली कांग्रेसको दुईवटामात्रै भागमा पर्नेगरी दाबी भएपछि गठबन्धन दलहरुबीच मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको हो।

कांग्रेस सभापति बर्मा लामाको संयोजकत्वमा आइतबार साँझ बसेको जिल्ला संयन्त्रको बैठकले तीन बुँदे सहमति गरेको छ।  

स्थानीय आवश्यकताको आधारमा पालिका वा वडास्तरमा नै छलफल गरेर मिल्न सके मिल्ने र नसके अलग अलग रुपमा चुनाव लड्ने सहमति भएको छ। चुनाव लड्दा गठबन्धन दलहरुले स्वस्थ र सौहार्दपूर्ण वातावरणमा भाग लिने र आगामी दिनमा नेतृत्वमा औपचारिक र अनौपचारिक रुपमा वार्ता गर्न आपसी सहमतिमा बैठक बोलाउने निर्णय भएको कांग्रेस जिल्ला सभापति लामाले जानकारी दिए।

यसअघि पर्सा, संखुवासभा, सल्यानलगायत ठाउँमा पनि गठबन्धनभित्र चुनावी तालमेल नगर्ने र मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भइसकेको छ। यसमा दोलखा थपिएको हो।

गठबन्धनमा महानगर र उपमहानगरपालिका बाँडफाँडमा समेत पेचिलो बनेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.