महानगर र उपमहानगरपालिकाको तालमेलमा सहमति नजिक छौं : अध्यक्ष प्रचण्ड
काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारको तालमेलमा सहमति नजिक पुगेको दावी गरेका छन् ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनमा प्रचण्डले गठबन्धनबाट महानगर र उपमहानगरको टुंगो लगाउने सहमति नजिक पुगेको बताएका हुन् ।
उनले भने, आज बेलुकी ६ बजेसम्म महानगर र उपमहानगरको टुंगो हुन्छ । गठबन्धन भित्र गरिने तालमेलबारे एउटा निष्कर्षमा पुग्छौं । आज बेलुकासम्म तलको रिपोर्ट केन्द्रीत हुनेछ।' उनले मुल नेतृत्वले निर्णय गरेपछि त्यसैअनुसार अघि बढ्नुपर्ने बताए।
'एउटै पार्टीभित्र पनि टिकट पाउने नपाउने हुन्छ । असन्तुष्टि हुनु स्वभाविक कुरा हो । मुल नेतृत्वले निर्णय गरेपछि त्यसैअनुसार अघि बढ्नुपर्छ,'उनले भने। अध्यक्ष प्रचण्डले चुनावी तालमेलमा सहमति नजिक भएपछि साझा चुनाव चिन्हबारे छलफल भइरहेको पनि जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !