विप्लवलाई देखाएर चुनाव रोक्ने योजना छैन : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लवलाई अघि सारेर चुनाव रोक्ने कुनै योजना नरहेको बताएका छन्।
पेरिसडाँडामा पत्रकार सम्मेलनमा प्रचण्डले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा निर्वाचनमा आउन चाहेको भन्दै निर्वाचनमा सहभागी हुने वातावरण बनाउन गठबन्धन लागिरहेको बताए।
उनले भने, ‘विप्लव निर्वाचनमा आउन चाहनुभएको छ। उहाँहरुलाई निर्वाचनमा आउने सकारात्मक वातावरण बनाउँछौं। उहाँहरु आइसकेपछि कता सहयोग गर्नुहुन्छ भन्ने त उहाँहरुको स्वतन्त्रताको कुरा हो। पृष्ठभूमि र विरासतका कारण उहाँहरु माओवादीभन्दा बाहिर जान सक्नुहुन्न।’
विप्लवलाई देखाएर निर्वाचन सार्ने षडयन्त्र गरेको प्रतिपक्षीको आरोपको जवाफ दिँदै प्रचण्डले थपे, ‘विप्लव नेतृत्वको नेकपाले राष्ट्रपति, प्रधानमन्त्री, प्रतिपक्षी दलका नेतालाई चुनाव सार्न सहयोग गर्नुपर्यो भनेर भन्नुभयो। बरु हामी चुनावी अभियानमा तीव्र रुपमा लागेका छौं। विप्लवलाई देखाएर चुनाव रोक्ने योजना छैन।’
प्रतिक्रिया दिनुहोस !