विप्लव नेकपाले भन्यो -पार्टी निर्णय विपरित उम्मेदवारी दिएको भए फिर्ता गर्नू
काठमाडौंः नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबाट स्वतन्त्रतर्फ उम्मेदवारी दिएकाहरुलाई नेकपाले उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला‘कञ्चनले’ वक्तव्य जारी गर्दै पार्टी निर्णय विपरित केहि नेताहरुले मनोनयन दर्ता गरेको भन्दै उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।
वक्तव्यमा भनिएको छ, 'पार्टीको नीति विपरित केन्द्रीय समितिका सदस्य र जिल्लाका पदाधिकारी उम्मेदवारमा नउठ्ने मान्यताका विपरित कतिपय कमरेडहरूले विभिन्न पदमा मनोनयन दर्ता गरेका समाचारहरू सार्वजनिक रूपमा प्रकाशित भएकाले पार्टीको नीति अनुसरण गर्ने कमरेडलाई नीतिविपरित देखिने उम्मेदवारीको मनोनयन फिर्ता लिनका लागि पार्टीको सचिवालय हार्दिक अपिल गर्दछ ।'
प्रतिक्रिया दिनुहोस !