इम्बोस्ड नम्बर प्लेटको अस्वभाविक मूल्यविरुद्ध युवा संघले नयाँ बानेश्वरमा प्रदर्शन गर्दै

इम्बोस्ड नम्बर प्लेटको अस्वभाविक मूल्यविरुद्ध युवा संघले नयाँ बानेश्वरमा प्रदर्शन गर्दै

काठमाडौं : बागमती र गण्डकी प्रदेशका सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गरिने सूचना जारी भएपछि तीब्र आलोचना भएको छ। आवश्यक उपकरणबिना नै मंहगो शुल्क लिएर सरकारले सवारीसाधनमा  ‘इम्बोस्ड नम्बर' प्लेट जडान गर्ने कार्य अगाडि बढाएसँगै विवाद उत्पन्न भएको हो। 

युवा संघ नेपालले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटको अस्वभाविक मूल्य र सरकारको अव्यवहारिक रबैयाविरुद्ध आज दिउँसो विरोध प्रदर्शन गर्न लागेको अध्यक्षमा किरण पौडेलले जानकारी दिए। उनले दिउँसो ३ बजे नयाँ बानेश्वरमा प्रदर्शन गर्न लागेको बताए।

जडान गर्दा ठूला सवारीलाई ३६००, साना तथा मझौला ३२००, तीनपांग्रे सवारी २९०० र दुईपांग्रे सवारी २५०० रुपैयाँ तोकिएको छ। यसैगरी इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा पनि लेख्नुपर्ने बहस भएको छ।

ट्राफिक प्रहरीबाट सडक अनुगमन गर्दा तोकिएअनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुने ब्यहोराको सूचना प्रकाशित भएको छ। इम्बोस्ड नम्बर प्लेट जडान गर्न चेतावनीपूर्ण भाषामा सूचना जारी भएपनि सवारीसाधनको जाँच गर्न आवश्यकपर्ने प्रविधि यातायात व्यवस्था विभागले प्रयोगमा ल्याउन सकेको छैन।

प्लेट जडान गरिएका सवारीसाधनको अनुगमनका लागि नम्बर प्लेट वा सवारीसाधनमा जडित आरएफआईडी रेडिओ फ्रिक्वेन्सी पहिचान गर्ने उपकरण जडान गर्नु आवश्यक पर्छ। इम्बोस्ड नम्बर प्लेटका लागि भएको टेन्डर प्रक्रिया र टेन्डर मूल्यांकनमा आर्थिक चलखेल भएको भन्दै सार्वजनिक लेखा समितिमा समेत उजुरी परेको थियो। विश्व बैंकले समेत कालोसूचीमा राखेको कम्पनीलाई नेपालका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानको ठेक्का पाएको भन्दै सरकारको विरोध भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.